नेभिगेसन मेनु

हिमालय एयर्लाइन्सद्वारा ल्हासा पोखरा ल्हासा तालिका उडान सुचारु
सम्पादक:南亚网络电视
समय:2025-04-01 13:08

IMG_3304

एस् ए टी भी १९ चैत्र, काठमाडौँ: यात्रुहरूलाई नेपालको पर्यटन राजधानी पोखरा र चीनको ऐतिहासिक तथा मनोरम सहर ल्हासाबिच सिधा र सहज हवाई सेवाको विकल्प प्रदान गर्ने उद्देश्यका साथ नेपाल र चीनको संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले यही चैत्र १८ मा ऐतिहासिक ल्हासा–पोखरा–ल्हासा तालिका उडान सेवा सुरु गरेको छ ।

IMG_3338

‘रुफ अफ द वर्ल्ड’ भनेर चिनिने विश्व प्रसिद्ध सहर ल्हासाबाट नेपालको पर्यटकीय राजधानी पोखरासम्मको यो ऐतिहासिक तालिका उडान सेवामार्फत हिमालय एयरलाइन्सले नेपाल र चीनबिचको हवाई सम्पर्कलाई सुदृढ गर्ने एक महत्त्वपूर्ण कोसे ढुङ्गाको रूपमा यस तालिका उडानलाई लिएको छ।

नेपालको पर्यटन उद्योगलाई प्रवर्धन गर्न र अन्तर्राष्ट्रिय हवाई यात्रालाई टेवा पुर्‍याउन समर्पित, हिमालय एयरलाइन्सले निर्बाध र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न आफ्नो उडान सञ्जाल बिस्तार गरेको हो। ल्हासा–पोखरा–ल्हासा उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र दुवै गन्तव्यहरूको पर्यटन वृद्धिमा सहयोग गर्ने एयरलाइन्सको विश्वास रहेको छ।

IMG_3344

हिमालय एयरलाइन्सले काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू पनि थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्ने छ । ऐतिहासिक ल्हासा–पोखरा उडानले ल्हासा कोङ्का विमानस्थलबाट चीनको स्थानीय समयअनुसार चैत्र १८गते १४ः३९ बजे उडान भर्दै र एक घण्टा चौतीस मिनेटको उडान समय पछि कुल १०७ यात्रुहरूसहित नेपाली स्थानीय समयअनुसार १३ः५६मा पोखरा अवतरण गरेको थियो। यसै गरी, ऐतिहासिक पोखरा–ल्हासा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ चैत्रमा स्थानीय समय अनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समय अनुसार १२ः०५ बजे ल्हासा कोङ्का विमानस्थलमा अवतरण गर्ने छ ।

हिमालय एयरलाइन्स आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र यो मार्गमा उडान शुभारम्भ भएसँगै सुस्त ग्रीष्मकालीन सिजनमा पनि पर्यटन बढ्ने अपेक्षा गरिएको छ ।

IMG_3352

यस ऐतिहासिक ल्हासा–पोखरा–ल्हासा उडान सेवाको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । यसका साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय अरुणकुमार चौधरी, गण्डकी प्रदेशका माननीय उद्योग र पर्यटन मन्त्री मित्रलाल बस्याल, नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदूत छन् सोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहा निर्देशक देव चन्द्र लाल कर्ण, हिमालय एयरलाइन्सका अध्यक्ष, चौ अन् योङ, उपाध्यक्ष विजय श्रेष्ठ तथा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला लगायतको सहभागिता रहेको थियो।

IMG_3364

ल्हासा–पोखरा उडानमा अटुट सहयोगको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरू, चिनियाँ दूतावास र सबै सरोकारवालाहरूलाई हार्दिक धन्यवाद दिँदै, हिमालय एयरलाइन्सका अध्यक्ष श्री चोउ अन् योङ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र ल्हासा बिचको पहिलो निर्धारित अन्तर्राष्ट्रिय उडान सुरु गर्न पाउँदा खुसी र गर्व व्यक्त गरे ।

IMG_3402

सो अवसरमा आफ्नो मन्तव्य राख्दै गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा कनेक्टिभिटीको भूमिकामा जोड दिए । उनले पोखरालाई गन्तव्यको रूपमा रोजेकोमा हिमालय एयरलाइन्सको प्रशंसा गर्दै नियमित उडानहरू कायम राख्ने चुनौतीहरूलाई स्वीकार गरे ।

IMG_3461

सोही अवसरमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले नेपालका सबै सरोकारवालाहरूलाई हिमालय एयरलाइन्सलाई सहयोग गर्न अनुरोध गर्दै भने “हिमालय एयरलाइन्सले पोखरा–ल्हासा मार्गमा साप्ताहिक उडानको सफलतापूर्वक स्थापना गरेको छ । म यस सफलता र आगामी दिनहरूमा एयरलाइन्सको उडान सञ्चालनलाई विस्तार गर्ने दिशामा मेरो शुभकामना व्यक्त गर्दछु ।”

IMG_3435

नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदूत छन् सोङले सम्बोधन गर्दै भने, “म पोखरेली जनतालाई पहिलो निर्धारित व्यावसायिक उडानका लागि बधाई दिन्छु । तपाईँहरूका लागि निर्धारित अन्तर्राष्ट्रिय उडानको सपना हिमालयले अब वास्तविक बनाएको छ । हिमालय एयरलाइन्सको ल्हासा–पोखरा उडानले नेपाल–चीन सम्बन्धलाई सुदृढ गर्ने चीनको दृढ प्रतिबद्धतालाई जनाउँछ । मलाई आशा छ कि पोखराले थप अन्तर्राष्ट्रिय उडानहरू र थप अन्तर्राष्ट्रिय गन्तव्यहरू प्राप्त गर्नेछ ।’’

IMG_3416

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो मन्तव्यमा पोखराबाट पहिलो निर्धारित तालिका उडान सेवा र १४ औँ अन्तर्राष्ट्रिय उडान प्रदान गरेकोमा हिमालय एयरलाइन्स प्रति धन्यवाद व्यक्त गरे । ऐतिहासिक ल्हासा–पोखरा उडानले दुवै देशका नागरिकलाई एक–अर्काका देशहरूको समृद्ध संस्कृति र पर्यटन अन्वेषण गर्न मद्दत गर्ने बताउँदै उनले थपे, “ हामी स्थानीय तहबाट हिमालयलाई पोखराबाट आफ्नो सेवा जारी राख्न सहयोग गर्न तत्पर छौँ ।”

IMG_3558

हिमालय एयरलाइन्सका उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले नयाँ सुरु भएको रुटप्रति उत्साह व्यक्त गर्दै भने, “हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र वार्षिक १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो ।" यो नयाँ रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रागत अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ । हामी हाम्रा उडानहरूमा यात्रुहरूलाई स्वागत गर्न र उहाँहरूलाई नेपाल र चीन दुवैले प्रदान गर्ने प्राकृतिक सौन्दर्य र विविध अवसरहरूसँग जोड्न तत्पर छौँ ।”

IMG_3616

यस तालिका उडानको सुरुवातले पोखरा र ल्हासा दुवै सहरमा पर्यटन प्रवर्धन त हुने नै छ साथसाथै नेपाल चीन सम्बन्धलाई अझै सुदृढीकरणमा जाने मार्ग प्रशस्त गरेको देख्न सकिन्छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर