नेभिगेसन मेनु

छङ्दु-पोखरा नियमित व्यावसायिक उडान सुचारु,पहिलो उडान पोखरामा अवतरित
सम्पादक:南亚网络电视
समय:2025-03-18 16:31

DJI_20250318112750_0489_D

एस् ए टी भी ०५ चैत्र,काठमाडौँः नेपाल चीन मैत्री सम्बन्धका ७० औँ वार्षिकोत्सव , नेपाल भ्रमण वर्ष २०२५ तथा पोखरा पर्यटन वर्ष २०२५को अवसर पारेर छङ्दु - पोखरा नियमित व्यावसायिक चार्टर्ड उडान हुने तालिका बमोजिम आज पहिलो विमान १२८ जना पर्यटक बोकेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको छ। पोखरा भ्रमणमा आएका पर्यटकहरूको स्वागतमा पोखरेली जनता बाजागाजा सहित पोखरा विमानस्थल पुगेका थिए।  

IMG_5513

छङ्दु- पोखरा नियमित व्यावसायिक उडानले नेपाल तथा पोखराको पर्यटनमा ठुलो योगदान पुर्‍याउने विश्वास लिइएको छ।  

IMG_5755

नेपाल पर्यटन बोर्डका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको यस अग्रसरताले समग्र पर्यटनमा टेवा त पुग्ने नै छ पश्चिम नेपालका जनतालाई उड्डयन क्षेत्रको पहुँच पनि केही बढी पुग्ने छ साथै नेपाल चीन बिच पर्यटन तथा सांस्कृतिक आदान प्रदान बाक्लिँदै जाने विश्वास पनि छ।  

IMG_5991

पर्यटक स्वागत कार्यक्रममा नेपाल स्थित जनवादी गणतन्त्र चीनका महामहिम राजदूत छन् सोङले पहिलो उडान मार्फत आएका पर्यटकलाई स्वागत गर्दै यस उडान नयाँ सहयात्राको सुरुवात र पोखरेली जनताको सपना साकार हुँदै गइरहेको समय भएको बताए। विगत केही समय देखि वान बेल्ट वान रोड अवधारणाको जगमा टेकेर धेरै सह निर्माणका काम भइरहेको बताउँदै उनले नेपाल चीन कूटनीतिक सम्बन्धका ७० औँ वर्षको उपलक्ष तथा पोखरा महानगर , नेपाल पर्यटन बोर्ड तथा चिनियाँ राजदूतावासको अथक मेहनत पस्चात यो नियमित व्यावसायिक उडान सम्भव भएको बताए। यसले नेपाल- चीन सम्बन्ध अझै सुदृढ हुनेमा उनी आशावादी पनि रहेका थिए ।  

IMG_5928

यस्तै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले चिनियाँ पर्यटकलाई स्वागत गर्दै यो व्यावसायिक उडान गर्न अथक मेहनत लागेको र यसको प्रभावकारिताले पोखरा पर्यटनमा टेवा पुग्ने विश्वास लिएको बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उक्त कार्यक्रममा  नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखराको उड्डयन इतिहासमा अब नियमित अन्तर्राष्ट्रिय उडान हुने र यसले पोखराको बढ्दो अन्तर्राष्ट्रिय पहिचानलाई देखाएको बताए।  

IMG_5750

IMG_5783

छङ्दु बाट नेपाल आएका पर्यटकलाई वर्ल्ड वेज टुर्स एण्ड ट्राभल्स नेपालले पोखरा,चितवन, बन्दिपुर,काठमाडौँ लगायतका ठाउँ भ्रमण गराउने जिम्मा लिएको छ। ३५ भन्दा बढी चिनियाँ भाषा बोल्ने गाइड सहित वर्ल्ड वेज नेपाली ट्राभल तथा पर्यटन क्षेत्रमा सन् १९९२ देखि लागिरहेको छ।   

IMG_6098

IMG_5743

IMG_5740

IMG_5715

साथै पोखरा महानगर मेयर धनराज आचार्य सहितको नेपाली टोली 'पोखरा-छङ्दु उडान प्रचार तथा चाइना सेल्स मिसन २०२५' मा सहभागी हुन उक्त चार्टर्ड उडान मार्फत छङ्दु फर्कने कार्यसूची पनि रहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर