नेभिगेसन मेनु

लुम्बिनि शान्ति महोत्सवको उद्घाटन सम्पन्न
सम्पादक:南亚网络电视
समय:2025-03-21 13:39

udghatan 4

एस् ए टी भी ०८ चैत्र, काठमाडौँ: गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा त्यहाँको प्रचारप्रसार तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति पर्व उद्घाटन भएको छ।

udghatana 2

लुम्बिनीमा उद्घाटन सत्र साथै लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान पर्व पनि सञ्चालन भएको थियो।

udghaatan 7

नेपाल र नेपाली तीर्थ स्थलको प्रवर्धन गर्ने यस महान् कार्यको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आयोजकहरू प्रति धन्यवाद प्रकट गरे। सबैको सत्प्रयासले लुम्बिनी तथा नेपाललाई विश्व पर्यटकीय गन्तव्यको हब बनाउन सकिने उनको धारणा थियो।

udghaatan 8

नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदूत छन् सोङले देव भूमि नेपालमा पर्यटक लोभ्याउने धेरै ठाउँहरू रहेको र तिनको प्रचार प्रसार गर्दै चीन नेपाल सांस्कृतिक आदान प्रदान गर्ने चीन सरकार तथा राजदूतावासको योजना अनुरूप यो कार्यक्रम भएको बताए।

udghaatan 9

लुम्बिनी र त्यस वरिपरिको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन नै यस पर्वको मुख्य उद्देश्य रहेको आयोजक मध्येको एक नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले जानकारी दिए।

udghatan 3

उद्घाटन पश्चात् विभिन्न मन्दिरका धर्म गुरु तथा भिक्षुहरूले ध्यान तथा साधनाको नमुना पेस गरेका थिए। कार्यक्रममा शाही थाइ मन्दिरका भिक्षु , तिब्बती गुरुहरू ,चिनियाँ गुरुहरू लगायतले ध्यान मन्त्र जपेर ध्यान र शान्तिको नमुना पेस गरेका थिए।

festival schedule

यस महोत्सवमा लुम्बिनि शान्ति म्याराथन, लुम्बिनि शान्ति कन्सर्ट, विभिन्न फोटो प्रदर्शनी लगायत विभिन्न सेमिनार हुनेछन्। दोस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव आगामी वैशाख महिनाको ३० गते समापन हुनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर