नेभिगेसन मेनु

बाढीले पुल बगाउँदा विद्यार्थीलाई समस्या
सम्पादक:南亚网络电视
समय:2024-07-03 11:43

sdbhd

असार १९ गते । मङ्गलवार परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले काठे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकामा बौराहा खोलामा आएको बाढी र कौवा खोलामा आएको बाढीले काठेपुल बगाएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ८ तारानगर स्थित काठे पुल बगाउँदा विद्यालय जाने बालबालिका विद्यालय जानबाट वञ्चित भएको वडा नम्बर ८का वडाध्यक्ष वीरबहादुर साउँदले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “ म पनि बिहानै पुल बगाएको स्थानमा पुगेर आएको हो । विद्यालय हिँडेका विद्यार्थी पुल भाँचिएपछि विद्यालय घुमाउरो बाटो साँडेपानी र बेलकोट हुदै जानुपरेको छ । तारानगर, तिलकेनी, जरै, बछुरियाका स्थानाथीलाई वारी आउन समस्या भएको छ ।” 

नदीको पारीपट्टि राष्ट्रिय माध्यमिक विद्यालय तारानगर रहेको छ । पुल तरेर विद्यालय जाने विद्यार्थी बाढीले पुल भाँजेपछि त्रैमासिक परीक्षा चलिरहेको विद्यालयमा बुधवारको परीक्षा दिन घुमाउरो बाटो प्रयोग गरेर  जान बाध्य भएको जनाइएको छ ।

त्यसै गरी वडा नम्बर ५ र ७ जोड्ने चोङ्गालीपुर र राजीपुर बिचको काठे पुल बगाएको कारण दरख माध्यमिक विद्यालय हरी नगर पढ्न आउने विद्यार्थी विद्यालय आउनबाट वञ्चित भएको सोही विद्यालयका शिक्षक दिनेशकुमार लामिछानेले बताउनुभयो । परीक्षा चलेका कारण पाँच किलोमिटर घुमेर विद्यालय आउन बाध्य भएको जनाइएको छ ।

बाढीले दुवै काठेपुल क्षतिका साथै बगाएको खोलामा पक्किपुल निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ । पक्किपुल निर्माण कार्य ढिलासुस्तीका कारण स्थानीले सास्ती खेप्नु परेको जनाइएको छ ।

गए राती आएको वर्षाका कारण कान्द्रा नदीमा पानीको सतह सतर्कता तह पार गरेको जल मापन केन्द्रले देखाएको छ । कान्द्रा नदीको बाढी पसेपछि वडा नम्बर ५ को फारम सरैया गाउँका स्थानीयलाई सुरक्षित रहन सचेत गरिएको वडाध्यक्ष लोकबहादुर शाहले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर