नेभिगेसन मेनु

एसइईको नतिजा कमजोर हुँदा चिन्ता बढ्यो
सम्पादक:南亚网络电视
समय:2024-07-03 11:41

see_exam-1200x560

असार १९ गते ।  माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा कमजोर आएपछि जिल्लास्थित सरोकारवाला चिन्तित बनेका छन् । भर्खरै सार्वजनिक गरिएको एसइईको नतिजा कमजोर आएपछि जिल्लास्थित सरोकारवाला निकाय चिन्तित बनेका हुन् । जिल्लामा २५ वटा सामुदायिक र एक निजी विद्यालय गरी २६ वटा माध्यमिक विद्यालय छन् । जसमा साधारण धारतर्फ ९६५ जना र प्राविधिक धारतर्फ ५७ जना विद्यार्थीले एसइई दिएका थिए शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतमले भन्नुभयो । जसमा साधारण धारतर्फ २४६ जना अर्थात् २५.४९ प्रतिशत उत्तीर्ण हुँदा ७१९ जना अर्थात् ७४.५१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको बताउनुभयो । प्राविधिक धारतर्फ ५७ जना विद्यार्थीले परीक्षा दिएकोमा २७ जना अर्थात् ४७.३७ प्रतिशत उत्तीर्ण हुँदा ३० जना अर्थात् ५२.६३ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको प्रमुख गौतमले बताउनुभयो । 

उत्तीर्ण हुनेभन्दा अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या धेरै भएकाले जिल्लास्थित सरोकारवालालाई चिन्तित बनाएको एकाइ प्रमुख गौतमको भनाइ छ । पठनपाठनलाई कसरी प्रभावकारी बनाउने ? विद्यार्थी र अभिभावकलाई शिक्षाप्रति चासो कसरी बनाउने र सरकारले कस्तो नीति बनाउने भन्ने भन्ने विषयमा गम्भीर भएर जिल्लास्थित सरोकारवाला निकायसँग छलफल भइरहेको गौतमले बताउनुभयो । २६ वटा विद्यालयमध्ये तीन विद्यालयको नतिजा शून्य आएको छ । अन्य २३ विद्यालयको नतिजा पनि कमजोर अवस्थाकै आएको प्रमुख गौतमले जानकारी दिनुभयो । भूमे गाउँपालिका–९ स्थित नेपाल राष्ट्रिय मावि चुनबाङबाट ५८ जना विद्यार्थीले एसइई दिएको एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । यसै गरी भूमे–८ को मावि कुचिबाङबाट १७ जना र पुथाउत्तरगङ्गा गाउँपालिका–१० को महेन्द्र मावि तकसेराबाट ३८ जना विद्यार्थीले एसइई दिएकामा नतिजा शून्य आएको छ । 

परीक्षाको अवधि र नतिजा आएपछि मात्र चासो र चिन्ता गरेर शिक्षा सुधार नहुने प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो । कमजोर नतिजाबाट शिक्षा लिँदै अबका दिनदेखि शिक्षकले पठनपाठन र विव्यस तथा सरोकारवालाले व्यवस्थापनतर्फ ध्यान दिई गुणस्तरीय शिक्षा दिनमा ध्यान केन्द्रित हुनुपर्ने प्रजिअ शर्माले बताउनुभयो । शिक्षा सुधारका लागि हरेक विद्यालयले कमी कमजोरीलाई सुधार गर्न योजना बनाएर कार्यान्वयन गरेमा नतिजा सुधार हुने शर्माको भनाइ रहेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर