नेभिगेसन मेनु

कुइरेपानी–सर्रा सडक डेढ वर्षदेखि निर्माण ठप्प
सम्पादक:南亚网络电视
समय:2024-06-12 11:40

kuirepani-sarra-baipasa-sadak-(1)

जेठ ३० गते । दाङको कुइरेपानी–सर्रा बाइपास सडकको निर्माण रोकिएको डेढ वर्षभन्दा बढी भयो । घोराही उपमहानगर–३, कुइरेपानीदेखि १६ नम्बर वडाको सर्रा जोड्ने करिब नौ किलोमिटरको चार लेन सडक निर्माण आव २०७५/७६ देखि सुरु भएको थियो । 

प्रदेश सरकारको गौरवको सडक आयोजना भए पनि बजेट अभावसँगै जग्गा प्राप्तिको काम नटुङ्गिएका कारण सडक निर्माणको काम डेढ वर्षदेखि अलपत्र परेको छ । सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिष अर्यालले बाइपास सडकको मुख्य द्वार कुइरेपानीमा जग्गा प्राप्ति गर्न ढिलाइसँगै बजेट अभावका कारण सडक निर्माणको काम रोकिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार बाइपास सडक निर्माण अन्तर्गत सिस्ने खोलामा चार लेनको पक्की पुल निर्माणदेखि विभिन्न स्थानमा ४२ वटा कलभर्ट निर्माणदेखि सडक चौडा गर्ने, ग्राभेल गर्ने, नाला निर्माणलगायतको करिब ४० प्रतिशत काम सकिएको छ । सडकको कुइरेपानी खण्ड अन्तर्गत घोराही लमही सडकसँग जोड्ने निर्माणका क्रममा जग्गा प्राप्त नहुँदा निकास बन्द जस्तै भएको छ । घोराही–लमही सडकखण्ड अन्तर्गत पहिले बबई खोलामा पुल नहुँदा निकास भएको सोही अनुसार सडक निर्माणको काम अघि बढे पनि पछि बबई नदीमा पुल निर्माण भएपछि बाइपास सडकको निकास बन्द भएको हो । बाइपास सडकको निकासका लागि घोराही–लमही खण्डसँग जोडिएको करिब २८० मिटरसम्म जग्गा खरिद गर्नुपर्ने देखिए पनि उपभोक्ताले जग्गा दिन नमान्दा समस्या भएको अर्यालको भनाइ छ । उहाँले भन्नुभयो, “यो सडक निर्माणका लागि प्रवेशद्वारको विवाद समाधान गर्नुपर्ने देखिन्छ । त्यसका लागि घोराही उपमहानगरपालिकालाई जिम्मा दिए पनि काम हुन सकेको छैन ।” 

पाँच वर्षअघि सुरु भए पनि सडकको करिब ४० प्रतिशत मात्रै काम पूरा भएको भन्दै कार्यालय प्रमुख अर्याल निकासको विवाद समाधानसँगै बजेट विनियोजन भए काम सम्पन्न गर्न धेरै समय नलाग्ने बताउनुहुन्छ । उक्त चार लेन सडक निर्माणका लागि ८० करोडको लागत अनुमान रहेकोमा हालसम्म ३० करोडभन्दा बढी खर्च भइसकेको छ । 

कार्यालय प्रमुख अर्यालले भन्नुभयो, “बाइपास सडकको बेस निर्माणसँगै खोलामा पुल तथा कलभर्ट निर्माणको काम सकिएको छ । विवाद समाधान भए बाँकी काम गर्न धेरै समय लाग्दैन ।” बहुवर्षीय योजना अन्तर्गत घोराही बजारमा हुन सक्ने सवारी चापलाई ध्यान दिँदै उक्त सडकलाई बाइपास सडकका रूपमा अघि बढाइएको थियो । उक्त सडक अन्तर्गत सिस्नेखोलामा चार लेनको पुल निर्माणलगायतका काम सकिए पनि सडक विस्तारसँगै कालोपत्रे गर्ने काम सकिएको छैन । सिस्नेखोलामा पुल निर्माणसँगै सडक निर्माणको काम एलिट कन्स्ट्रक्सन कम्पनीले गर्ने गरी सम्झौता भएको थियो । आगामी आवमा प्रदेश सरकारले प्रदेशका अधुरा योजनालाई बजेट निर्माणमा प्राथमिकता दिने बताएकाले आगामी वर्ष बजेट विनियोजन भए सडक निर्माणको काम अघि बढ्ने अपेक्षा गरिएको छ । उक्त सडक निर्माण भएमा तुलसीपुर, सल्यान, रुकुमलगायत जाने सवारीसाधनलाई सहजतासँगै बजारमा सवारी चाप कम हुने अपेक्षा गरिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर