नेभिगेसन मेनु

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
सम्पादक:南亚网络电视
समय:2024-06-20 12:15

nepalgunj

असार ६ गते । पश्चिम नेपालको सुविधासम्पन्न सहरका रूपमा परिचित नेपालगन्ज पछिल्लो समयमा स्वास्थ्य उपचारको केन्द्र (हब) का रूपमा विकसित हुँदै गएको छ । नेपालगन्जमा सरकारी र गैरसरकारी दुवै पक्षबाट अत्याधुनिक सेवा सुविधासहितका नयाँ नयाँ अस्पताल खुल्दै गएपछि यो सहर पश्चिम नेपालको स्वास्थ्य हब बनेको हो । 

नेपालगन्ज मेडिकल कलेज, भेरी, वेस्टर्न, आइसिआरसी, सिद्धार्थ अस्पताल, नेपालगन्ज न्युरो केयर सेन्टर, सुपर पोलिक्लिनिक, सिटी हस्पिटल, कान्ति आरोग्यलगायतका दर्जन जति राम्रा अस्पताल र करिब तीन दर्जन जति उत्कृष्ट क्लिनिक सञ्चालन छन् । 

वरिष्ठ फिजिसियन डा. प्रकाश नागले पश्चिम नेपालको कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश बिरामी उपचारका लागि नेपालगन्ज आउने गरेको उल्लेख गर्दै पश्चिम नेपालको स्वास्थ्य हब बनेको बताउनुभयो । उहाँले नेपालगन्जमा राम्रो स्वास्थ्य उपचार हुन थालेको जनाउँदै पश्चिम नेपालका बिरामीले उपचारका लागि भारतको लखनउ र नेपालको सङ्घीय राजधानी काठमाडौँ जानुपर्ने बाध्यता हट्दै गएको बताउनुभयो । 

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले विभिन्न विशेषज्ञ सेवासहित सञ्चालनमा रहेका सरकारी र निजी अस्पतालमै बिरामीले राम्रो उपचार पाउन थालेकाले यहाँ बिरामी आउने क्रम पनि अत्यधिक बढेको बताउनुभयो । उहाँले पश्चिम नेपालको ‘रेफरल सेन्टर’ का रूपमा रहेको नेपालगन्जमा अहिले सबै रोगको उपचार र जाँचसमेत हुन थालेकाले उपचारका लागि बाहिर जाने घटेको बताउनुभयो । 

नेपालगन्जमा गुणस्तरीय र विशेषज्ञसहितको सेवा दिने गरी स्वास्थ्य संस्था खुल्ने क्रम पनि बढेको छ । हेल्थ केयर क्लिनिकका सञ्चालक दीपनारायण श्रेष्ठले बाँकेमा उपलब्ध विशेषज्ञ चिकित्सकबाट सेवा दिनुका साथै काठमाडौँबाट विशेषज्ञ चिकित्सकलाई नेपालगन्जमै बोलाएर गुणस्तरीय सेवा प्रदान गरिरहेको बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर