नेभिगेसन मेनु

खडेरीले सुके चापाकल
सम्पादक:南亚网络电视
समय:2024-06-20 11:58

chapakal-suke-(1)

असार ६ गते । रुपन्देहीको तराई भूभागमा लामो समय खडेरी परेपछि सर्वसाधारणले खानेपानीको सास्ती पाएका छन् । तराईका ग्रामीण क्षेत्रका बासिन्दा खानेपानीको स्रोतका लागि अझै पनि चापाकलको भर पर्दै आएका छन् तर चापाकलमा पानी आउन छोडेपछि खानेपानी जोहो गर्ने चुनौती थपिएको छ । रुपन्देहीमा एक महिनायता पानी परेको छैन । गर्मी बढेसँगै जमिनमुनिको पानीको स्रोतसमेत सुकेपछि स्थानीयलाई झनै सास्ती भएको छ । अहिले किसानले रोपाइँका लागि ब्याड राख्ने काम गरिरहेका छन् । पानी नआउँदा किसानले डिप ट्युबवेलबाट ब्याड राखेका छन् । मोटर तथा पम्पिङ सेटबाट जमिनमुनिको तानेर ब्याड राख्दा चापाकल सुकेका हुन् । वातावरणविज्ञ युवराज कँडेल पश्चिम तराईमा दुई महिनायता पानी नपरेका कारण जमिनमुनिको पानी सुक्दै गएको र पछिल्लो समय किसानले रोपाइँका लागि ब्याड राख्न जमिनमुनिको पानीमा भर पर्नुपरे पछि चापाकल सुकेको बताउनुहुन्छ । 

रुपन्देहीको गैडहवा–४ कि मनकुमारी थारू विगत एक सातायता चापाकलमा पानी आउन छोडेपछि पानीकै लागि निकै सास्ती भोग्नु परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “लामो समयसम्म पानी नआएका कारण जमिनमुनिको पानीसमेत सुकेको छ । चापाकल सुक्दै गएकाले पानीकै लागि अर्को गाउँ जानुपर्ने अवस्था आयो ।” 

चापाकल सुक्दा छिमेकी शुद्धोधन गाउँपालिका–१, सिसैका स्थानीयसमेत निकै मर्कामा परेका छन् । सिसैमा चापाकलमा पानी आउन छाडेको दुई साता पुगेको स्थानीय बताउँछन् । शुद्धोधन–१ की सरस्वती पौडेलले बढ्दो गर्मीका कारण चापाकल सुक्दै गएकाले खाना पकाउन, कपडा धुन तथा गर्मीमा सरसफाइमा समेत बाधा पुगेको बताउनुभयो । 

रुपन्देहीका १६ स्थानीय तहमध्ये आठ वटा पालिकाका सर्वसाधारण खानेपानीका लागि चापाकलको पानीमै भर परेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर