नेभिगेसन मेनु

पार्टी अध्यक्ष रञ्जितालाई दलको नेताबाट हटाइयो
सम्पादक:南亚网络电视
समय:2024-07-01 13:37

ranjita-shrestha

असार १७ गते । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभाको संसदीय दलको नेताबाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएको छ । 

पार्टी संसदीय दलको सचिवालयको बैठकले दलको नेता र प्रमुख सचेतक फेरेको छ ।  आइतबार बसेको बैठकले दलको नेतामा गङ्गाराम चौधरी र प्रमुख सचेतकमा लालवीर चौधरीलाई चयन गरेको छ । योसँगै यस अघि सचेतक रहनु भएका अरुणकुमार चौधरीलाई पनि हटाइएको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेसमलाल चौधरीबिच पार्टी सञ्चालनका विषयमा मतभेद छ । सुदूरपश्चिम प्रदेशमा अध्यक्ष पक्षका दुई जना मन्त्री छन् भने संरक्षक पक्षका पाँच जना विपक्षी बेन्चमा छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर