नेभिगेसन मेनु

‘एक घर, एक धारा’ निर्माण गरिँदै
सम्पादक:南亚网络电视
समय:2024-07-01 11:43

arghakhachi--khane-paniTanki

असार १७ गते । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा ‘एक घर, एक धारा’ निर्माण गरिने भएको छ । आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको छ । पालिकाका पाँच वडाका करिब दुई हजार घरधुरीलाई लक्षित गरी आयोजना सुरु गरिएको छत्रदेव गाउँपालिकाले जनाएको छ । जिल्लाकै गौरवको योजनाका रूपमा रहेको हाँडेखोला चिदीका बृहत् पम्पिङ खानेपानी आयोजनामार्फत ‘एक घर, एक धारा’ निर्माण गरिने भएको हो । बिडारी निर्माण सेवाले ३० करोड २२ लाख रुपियाँको लागतमा २०७९ चैत १ गते ठेक्का लिएको थियो । 

२०८१ चैतसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीले हाँडेखोला चिदीका बृहत् पम्पिङ खानेपानी निर्माण कार्य तीव्र बनाएको छ । आयोजना सम्पन्न भएपछि चिदीका, बल्कोट, केरुङ्गा र छत्रगन्जका बासिन्दा लाभान्वित हुने अध्यक्ष श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “दुई स्टेजमा पम्पिङ गरेर कलेक्टर वेलबाट माथि ट्रिटमेन्ट प्लान्टमा पहिलो पम्पिङ गरिन्छ । भण्डारणमा पानी प्रशोधित भइसकेपछि मौलीपोखरामा निर्माण हुने ६० घनमिटरको ट्याङ्कीमा पठाइन्छ ।”

मौलीपोखराको ट्याङ्कीबाट सिधै कोटमा रहेको १२० घनमिटरको ट्याङ्कीमा पानी खसालेपछि पाँच वटा वडाका नौ स्थानमा बनेका ट्याङ्कीमा पानी पठाइन्छ । सुक्खा क्षेत्रका रूपमा रहेको छत्रदेव गाउँपालिकामा उक्त आयोजना सम्पन्न भएपछि खानेपानीको समस्या समाधान हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताउनुभयो । उहाँका अनुसार आयोजना निर्माण सुरु भएको १४ महिनामा ५० प्रतिशतभन्दा बढी भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । डिपिआर भएको १० वर्षसम्म पनि उक्त आयोजना अगाडि बढ्न सकेको थिएन तर अहिले भने स्थानीय सरकार र समुदायको पहलमा आयोजनाको काम तीव्र बनाइएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर