नेभिगेसन मेनु

मुख्यमन्त्री कार्कीसँग स्विस राजदूतको भेटघाट
सम्पादक:南亚网络电视
समय:2024-07-01 11:24

kaarkee

असार १६ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्विस राजदूतावासका कार्यवाहक राजदूत म्याट्थिस मेइरबिच आज भेटवार्ता भएको छ । भेटवार्तामा स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालनमा रहेका कार्यक्रमका विषयमा छलफल भएको थियो ।

सो भेटमा स्विस विकास सहायतासम्बन्धी कार्यक्रममा विविध पक्षका बारेमा छलफल हुनुका साथै सङ्घीयता कार्यान्वयनका विषयमा द्विपक्षीय सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो । रासस  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर