नेभिगेसन मेनु

ताप्लेजुङका स्थानीय तहले साढे तीन अर्ब पाउने
सम्पादक:南亚网络电视
समय:2024-06-03 11:39

Phungling-Bazar-Taplejung

ताप्लेजुङका स्थानीय तहले करिब साढे तीन अर्ब रुपियाँ बजेट पाउने भएका छन्। आगामी आर्थिक वर्ष २०८१/८२ मा अन्तर सरकारी वित्तीय हस्तातरणअन्तर्गत यहाँका स्थानीय तहले तीन अर्ब ४९ करोड ८६ लाख रुपियाँ अनुदान रकम पाउने भएका हुन्।

ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका गरी नौवटा स्थानीय तह रहेका छन्। जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकाले एक अर्ब ३८ लाख रुपियाँ अनुदान रकम पाउने भएको छ। यस्तै सिरिजङ्घा गाउँपालिकाले ३७ करोड २८ लाख रुपियाँ, आठराई त्रिवेणी गाउँपालिकाले ३४ करोड ७८ लाख रुपियाँ अनुदान पाउने छ। 

त्यस्तै सिदिङ्वा गाउँपालिकाले ३३ करोड १८ लाख रुपियाँ, पाथीभरा याङ्वरक गाउँपालिका ३१ करोड ३७ लाख, फक्ताङ्लुङ गाउँपालिकाले २९ करोड ८३ लाख रुपियाँ अनुदान पाउने भएका छन्। 

यसैगरी मेरिङ्देन गाउँपालिकाले २९ करोड १४ लाख, मैवाखोला गाउँपालिका २८ करोड ६९ लाख र मिक्वाखोला गाउँपालिकाले २५ करोड २१ लाख रुपियाँ अनुदान रकम पाउने भएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर