नेभिगेसन मेनु

खोटाङको खोटेहाङमा विद्यालय भवन निर्माण
सम्पादक:南亚网络电视
समय:2024-06-12 11:35

Untitled-1

जेठ ३० गते ।  खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा  विद्यालय भवन निर्माण भएको छ । वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि रु २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भवन निर्माण भएको हो ।

“सन्ताउन्न वर्ष पहिले स्थापना भएको विद्यालयमा अहिले कक्षा ८ सम्म अध्यापन हुन्छ । कक्षाकोठा अभावमा पठनपाठनमा समस्या थियो । ब्रिटिस गोर्खाको आर्थिक तथा प्राविधिक सहयोगमा सुविधासम्पन्न भवन बनेपछि सहज भएको छ”, प्रधानाध्यापक नयन्द्रकुमार राईले भन्नुभयो । 

उक्त विद्यालयमा हाल एक सय छजना विद्यार्थी अध्ययनरत  छन् । विद्यालयमा तीन प्राथमिक तहका स्थायी दरबन्दी, दुई निम्न माध्यमिक तहका राहत दरबन्दी, एक प्राथमिक तहका राहत शिक्षक तथा एक बालविकास सहयोगी कार्यकर्ता र दुई निजी स्रोतका शिक्षक कार्यरत छन् । रासस

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर