नेभिगेसन मेनु

अहा ! पहाडी र हिमाली सौन्दर्य
सम्पादक:南亚网络电视
समय:2024-06-10 11:52

3-Tamor

जेठ २८ गते । तराईबाट पहाडतर्फ सडक विस्तार भएको करिब तीन दशकपछि मात्र तराई, पहाड र हिमाली जिल्ला एकआपसमा जोडिएका छन् । तीन वटा सडकले पूर्वी पहाडका सात जिल्लालाई जोडेपछि पहाडी र हिमाली शृङ्खला र प्रकृतिको सौन्दर्यमा रमाउँदै एकै दिनमा विभिन्न जिल्लामा ओहोरदोहोर गर्न सकिने भएको छ ।

धनकुटामा २०३८ सालदेखि नै सवारीसाधन सञ्चालन हुन थालेको हो । धनकुटासँगै सिमाना जोडिएको छिमेकी जिल्ला पाँचथरमा २०४२ सालदेखि सवारीसाधन सञ्चालन भए । त्यतिबेला धनकुटाबाट पाँचथर पुग्न तराईको बाटो प्रयोग गरी २८४ किलोमिटर यात्रा तय गर्नु पर्दथ्यो तर पछिल्लो एक दशकको अवधिमा थप तीन मुख्य सडकले पाँचथर–धनकुटा जोडेका छन् । 

मध्यपहाडी राजमार्ग, भेडेटार–राजारानी–रवि–राँके सडक र तमोर कोरिडोर धनकुटा–पाँचथर जोड्ने मुख्य मार्ग हुन् । यी मार्गको निर्माणपछि छिमेकी जिल्लाको दुरी घटेको धनकुटा चौबिसेका महेन्द्र न्यौपानेले बताउनुभयो । धनकुटा र 

पाँचथर जिल्ला जोडिएका भए पनि एक जिल्लाको सदरमुकामबाट अर्को जिल्लाको सदरमुकाम पुग्न एक दिन लाग्ने गरेकोमा अब भने एकै दिनमा ओहोरदोहोर नै गर्न सकिने न्यौपाने बताउनुहुन्छ । 

यी सडक निर्माणपछि धनकुटा र पाँचथर मात्र नभई पूर्वी पहाडका हिमाली र पहाडी जिल्ला एक अर्कामा जोडिएका छन् । सडकमार्फत पूर्वका धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलाम जोडिएका हुन् । 

यी जिल्लालाई जोड्ने काम मध्यपहाडी राजमार्ग, भेडेटार–राजारानी–रवि–राँके सडक तथा तमोर कोरिडोरले गरेका हुन् । अहिले यी सबै सडक कालोपत्रे हुने चरणमा छन् । पहाडैपहाड भएको सडकको विस्तारले आर्थिक सामाजिक र सांस्कृतिक महत्व राखेको पाँचथरका स्थानीय प्रेम ओझा बताउनुहुन्छ । पहाडी र हिमाली जिल्ला एकआपसमा आर्थिक सामाजिक र सांस्कृतिक रूपमा जोडिन यी सडक माध्यम बन्ने उहाँको भनाइ छ ।

यी मार्गको विकासपछि कृषिसँगै पहाडी क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको समेत प्रवर्धन गर्न मद्दत मिल्ने देखिन्छ । तमोर काबेली कोरिडोरको निर्माणपछि चतरा, वराहक्षेत्र र पाथीभारा एकआपसमा जोडिने छन् । जसले धार्मिक पर्यटनमा टेवा पुग्छ । त्यस्तै भेडेटार–रवि–राँके सडकले पूर्वका पर्यटकीय स्थल भेडेटार, राजारानी, मिक्लाजुङ क्षेत्र आदि जोड्ने छ । 

इलामबाट समेत पहाडैपहाड हुँदै भेडेटारसम्म पुग्न सकिन्छ । यो मार्ग पर्यटकीय मार्गका रूपमा विकास हुने चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ बताउनुहुन्छ । “पूर्वी नेपाल छिरेका पर्यटक पहाडको एक पर्यटकीय स्थलबाट अर्को पहाडी पर्यटकीय स्थलमा पुग्न चाहन्छन् तर सडकको विकास नहुँदा यो सम्भव थिएन अब भने यी मार्गले उनीहरूको चाहना पूरा गर्ने छ,” अध्यक्ष चेम्जोङ भन्नुहुन्छ । यता मध्यपहाडी राजमार्गले ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङलगायत जिल्लाका पर्यटकीय स्थल एकआपसमा जोड्ने र पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने पर्यटन पूर्वाधार विकास संस्था धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट बताउनुहुन्छ । 

यी जिल्लामा तिम्बुङ् पोखरी, ह्यातुङ झरना, तीनजुरे मिल्के जलजले, ट्याम्केडाँडा, साल्पापोखरीलगायत दर्जनौँ महत्वपूर्ण पर्यटकीय स्थल छन् । यी सबै पर्यटकीय स्थललाई एकआपसमा जोडेर पर्यटन प्रवर्धन गर्न सकिने उहाँको भनाइ छ । पहाडी जिल्लामा उत्पादन भएका कृषिजन्य उत्पादनलाई तराईसम्म पु¥याउनसमेत बाटोको दुरी कम हुन्छ । जसले कृषिजन्य उत्पादन होस् वा उद्योगबाट उत्पादन भएको दैनिक उपभोग्य सामग्री होस्, ढुवानी लागतसमेत कम पर्न जान्छ । यी मार्गको विकासपछि धनकुटालाई मात्र नभई पूर्वी पहाडलाई नै फाइदा पुगेको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताउनुभयो । 

“तराई जोड्नसमेत यी सडक निकै छोटा मात्र नभई बजारको पहुँचबाट टाढा भएका धेरै स्थानलाई जोड्ने काम गरेको छ । त्यसैले यसले समग्र पूर्वलाई नै फाइदा पुग्दै छ,” अध्यक्ष राई भन्नुहुन्छ ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर