नेभिगेसन मेनु

कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सम्पादक:南亚网络电视
समय:2024-06-30 12:03

death

असार १६ गते । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आँउदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकलले शुक्रवार बेलुका कमल गाउँपालिका वडा नं. ५ सावित्र चोकमा बाटो काट्दै गर्दै गरेको कुकुरलाई ठक्कर दिएर दुर्घटना हुँदा दुहिजना घाइते बन्नु भएको थियो ।

घाइतेमध्ये मोटरसाइकल पछाडि सवार रहनु भएका शिवसताक्षी २ का ४० वर्षीय नवीन आचार्यको शनिवार साढे ४ बजे उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनु भएको छ । आचार्यको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो । 

अर्का घाइते सोही ठाउँका मोटरसाइकल चालक २६ वर्षीय पदमबहादुर पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर