नेभिगेसन मेनु

टेलिभिजनमा मुख सम्हाल्न नसक्दा स्वस्तिमा र साम्राज्ञीलाई एकपछि अर्को धक्का, कलाकार संघले भन्यो’ अमर्यादित, अशोभनीय अभिब्यक्ती
सम्पादक:南亚网络电视
समय:2024-06-28 12:31

swastima_and_sam-1_E6bdNHI3DA

काठमाडौँ : कान्तिपुर टेलिभिजनको टक शो ‘इट्स माई शो’ मा मुख सम्हाल्न नसक्दा अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी शाहले एकपछि अर्को धक्का ब्यहोरिरहेका छन्। कार्यक्रममा अर्की अभिनेत्री जसिता गुरुङको अफेयर्स चलेको भन्दै यी दुवै नायिकाले विभिन्न नायकहरूको नाम लिएपछि उनीहरूको तीव्र आलोचना भइनै रहेको छ।

उनीहरूले माफी मागिसके पनि आलोचना र आक्रमणको रफ्तार रोकिने लक्षण छैन। जसिताले इन्स्टाग्रामबाट दुवै नायिकाले आफ्नो व्यक्तिगत जीवनमा आक्रमण गरेको प्रतिक्रिया जनाई सकिन्। अहिले कार्यक्रम ओसिन सिटौलाले चलाउँछिन्। कार्यक्रमका संस्थापक सञ्चालक सुरजसिंह ठकुरीले २३ वर्ष लगाएर बनाएको कार्यक्रमको ब्रान्ड ध्वस्त बनाएको भनेर आलोचना गरिसके।

अब अभिनेत्रीहरूको अभिव्यक्तिको विपक्षमा नेपाल चलचित्र कलाकार सङ्घ समेत बोलेको छ। संघले बुधवार विज्ञप्ति निकालेर ‘हालै एक टेलिभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति सङ्घको ध्यानाकर्षण भएको’ उल्लेख गरेको छ।

कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेसा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको भन्दै संघले आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरूको मान मर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई उक्त अभिव्यक्तिले लत्याएको ठहर गरेको छ।

‘एउटा सार्वजनिक कार्यक्रम मार्फत अरूको अपहेलना गर्नु, मान मर्दन गर्नु न्याय सङ्गत ठहर्दैन र हुँदैन पनि’ विज्ञप्तिमा भनिएको छ।

संघले स्वस्तिमा र साम्राज्ञीलाई सचेत गराउँदै भविष्यमा पेसा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि क्रियाकलाप र अभिव्यक्ति नगर्न भनेको छ।

कार्यक्रमको यति धेरै आलोचना हुँदा पनि कान्तिपुर टेलिभिजन र कार्यक्रम सञ्चालिका ओसिन सिटौला भने मौन छन्। कार्यक्रम यूट्युवबाट हटेको पनि छैन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर