नेभिगेसन मेनु

नेपाली चलचित्रले बजार लिँदै
सम्पादक:南亚网络电视
समय:2024-06-07 14:22

pokhara-halll

लेखनाथ, जेठ २५ गते । पोखरामा एक समय थियो, दुई/तीन महिनासम्म एउटै चलचित्र चल्थ्यो, ब्लाकमा पनि टिकट बिक्थ्यो । सिङ्गल स्क्रिन हलमा चलचित्र हेर्नेको ताँती लाग्थ्यो । धेरैजसो चलचित्र हिन्दी हुन्थे । अहिले समय बदलिएको छ । पोखराका आधाभन्दा बढी सिङ्गल स्क्रिन हल बन्द छन् । दर्शकको रोजाइमा नेपाली चलचित्र पर्न थालेका छन् । 

पोखराका चलचित्र हलका पुराना सञ्चालक उत्तम द्वाका अनुसार अब बाँकी रहेका सिङ्गल स्क्रिन हल विस्थापित हुने अवस्थामा पुगेका छन् । दर्शकको रोजाइ बदलिएकाले मल्टिप्लेक्स, क्युएफएक्स हल बन्ने छन् । कुनै बेला कास्कीमा १४ वटा हल रहेकामा अहिले सात वटा मात्र सञ्चालनमा छन् । चलचित्र व्यवसायी द्वा भन्नुहुन्छ, “हाम्रा दुई सिङ्गल स्क्रिन हलको अवस्था राम्रो छैन, मिडटाउन सिनेमाजचाहिँ राम्रो छ ।”

पोखराको सभागृहचोकमा रहेको मिडटाउन सिनेमाजमा पछिल्लो तीन महिनामा २२ चलचित्र प्रदर्शन भए । मिडटाउनका प्रबन्धक सङ्केत द्वाका अनुसार तीमध्ये टप फाइभमा सबै नेपाली चलचित्र थिए । पूर्वी हल र पश्चिम हल गरी मिडटाउनमा दुई हल छन् । दुई हप्तामा ‘पुजार सार्की’ साढे आठ हजार र ‘फर्की फर्की’ छ हजारभन्दा बढीले हेरिसकेका छन् । उहाँका अनुसार “अहिले नेपाली चलचित्रले राम्रो गरेको छ । कोभिडबाट थला परेको व्यवसायमा थोरै आशाको सञ्चार भएको छ ।”

सिनेप्लेक्सका प्रबन्धक राजन पुरी ३४३ जना क्षमताको एक र २३१ क्षमताको अर्काे गरी दुई हल सञ्चालन गरिरहनुभएको छ । सिनेप्लेक्समा अहिले पुजार सार्की र फर्की फर्की गरी दुवैतिर नेपाली चलचित्र चलिरहेका छन् । चलचित्र चल्न विषयवस्तु र प्रचारप्रचार राम्रो हुनुपर्ने धारणा उहाँको छ । उहाँका अनुसार विषयवस्तु र प्रचारशैलीमा आएको परिवर्तनले नेपाली चलचित्र अब्बल बन्दै गएकाले दर्शकको रोजाइमा पर्न थालेको हो । उहाँ भन्नुहुन्छ, “चलाउन त हामी प्रदर्शन भएका सबै जसो चलचित्र चलाउँछौँ । पछिल्लो समय नेपाली चलचित्रले राम्रो दर्शक पाइरहेको छ ।”

पोखराको लामाचौरस्थित हिमाज चलचित्र घरमा अहिले सो बाँडेर पुजार सार्की र फर्की फर्की चलिरहेका छन् । यो हलको क्षमता ७५ जना हो । पछिल्लो क्रममा राम्रा हिन्दी चलचित्रभन्दा औसत नेपाली चलचित्रले समेत राम्रै दर्शक पाएको हिमालका सञ्चालक शम्भु थापा बताउनुहुन्छ । उहाँले धौली, हुक्का जस्ता चलचित्रको निर्माणसमेत गर्नुभएको छ । उहाँका अनुसार पहिले हिन्दी चलचित्रप्रति दर्शकको धेरै चासो थियो । अहिले गाउँ गाउँबाट आएर नेपाली चलचित्र हेर्नेहरू छन् । गुणस्तर त बढेकै छ, सँगसँगै आफ्ना चलचित्रलाई माया गर्नु पर्छ भन्ने अवधारणा पनि बन्दै गएको छ ।

निर्देशक एवं निर्माता घनश्याम लामिछाने विदेशी चलचित्र जत्तिकै मनोरञ्जन दिने क्षमता नेपाली चलचित्रले बनाउँदै गएकाले नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढेको तर्क गर्नुहुन्छ । दर्शकले भाषाभन्दा गुणस्तर र चलचित्रले दिने मनोरञ्जनका आधारमा त्यसलाई मन पराउने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार अहिले कमेडी, प्रेमकथा, सामाजिक विषयवस्तु सबैतिर नेपाली चलचित्रको गुणस्तरमा बढोत्तरी हुँदै गएको छ । गुणस्तर, कलाकार र विषयवस्तुमा उल्लेख्य प्रगति भएको छ, त्यो अनुसारका हल पनि खुलेका छन् ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर