नेभिगेसन मेनु

रामकृष्णसँग प्रतिशोधको भावना साधिरहेका बाबुल गिरी
सम्पादक:南亚网络电视
समय:2024-06-06 12:26

babul_giri_ramkrishna_dhakal_BavitQ3swA

काठमाडौं : संगीतकार तथा एरेन्जर बाबुल गिरी बेलाबेलामा गायक रामकृष्ण ढकाललाई सामाजिक सञ्जालमार्फत व्यंग्य गरिरहन्छन्। पछिल्लो समय केही गीतमा बाबुलको संगीत, एरेन्जर तथा गायन चलेपछि गायक ढकाललाई बेलाबेलामा सामाजिक सञ्जालमार्फत स्याटर हानिरहन्छन्। फिल्म ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरुपाते जुंगामा’ बोलको गीत हिट भएपछि उनको चर्चा बढेको हो। तर, उनले त्यसलाई घमन्डमा परिणत गरेका छन्। कतिपयले उनलाई मात चढेको हो पनि भन्ने गरेका छन्। 

गायक ढकालसँग बाबुले एक दशकअघिको रिस पोख्दै आएका छन्। त्यतिबेला चलेको गायन रियालिटी शो ‘नेपाली तारा सिजन३’मा प्रतिस्पर्धीका रुपमा पुगेका थिए बाबुल। त्यहाँ उनले केही गीत बेसुरामा गाएर जजलाई सुनाएका थिए। त्यतिबेला तीन जना जजमध्ये ढकालले उनलाई केही गीत गाउन लगाए। सोही क्रममा जज ढकालले उनलाई अर्को गीत गाउन आग्रह गर्छन्। 

ढकालले गाउन आग्रह गरेपछि गिरीले जज ढकालकै ‘बाँचुन्जेलीलाई’ बोलको गीत गाएर सुनाउँछन्। बेसुरामा गाएका गिरीलाई सुरमा गाउन लगाउँछन्। तर, उनको सुरताल केही मिल्दैन। गायक ढकाल र लता मंगेस्वरले गाएको गीतमा लताको पाटोमा प्रतिष्पर्धी गिरीले गीत गाउँछन्। आफ्नै गीत गाएपछि केटाको स्वरमा ढकाल आफैले गाएर गिरीलाई साथ दिन्छन्। 

उनीहरुको यही बीचमा केही भनाभन हुन्छ। जज ढकालले बाँचुन्जेलीलाई यसरी गाउने हो भनेर गिरीलाई सिकाउँछन्। यसमा प्रतिष्पर्धी गिरी मान्न तयार छैनन्। उनी मसँगै जजले गाएपछि सेलेक्ट हुन्छु भन्ने लागेको रहेछ क्यारे। गिरीले उल्टै जजलाई थर्काउँदै गुरु र चेलाले उस्तै गाउँछन् त भन्दै आक्रोशित हुन्छन् । 

गिरीले जजलाई थर्काउँदै भन्छन्, ‘अरे सर तपाई जस्तै गाउँछ त विद्यार्थीले। नत्र रामकृष्ण ढकाल जस्तै गाउने अरु आए भने रामकृष्ण ढकाल भइहाल्यो नि, म किन चाहियो।’

त्यसपछि जज ढकालले बाबुलालाई हल बाहिर निकालिदिन्छन्। त्यतिबेलाको रिस यतिबेला गिरीले ढकालमाथि पोखिरहेका छन्। केही दिनअघि एउटा अन्तवार्तामा आफूलाई गायक ढकालले चिन्दिन भन्यो भनेर उनी सामाजिक सञ्जालमा रोइलो गरिरहेका छन्। 

यतिमात्र होइन, उनी प्रतिशोधको भावना बोकेर गायक ढकाललाई बोलाएर आफ्नै संगीत तथा एरेन्जको गीत गाउन लगाएका छन्। केही समयअघि बाहिर आएको भिडियोमा उनले जज ढकाललाई यसरी भएन यसरी गाउ भन्दै सिकाइरहेका छन्। जुन गाउन लगाएको भिडियो उनी आफैले खिचेका हुन्। उनले आफूलाई राम्रो र गतिलो बनाउन खोज्दा खोज्दै आफै नाङ्गिरहेका छन्। तर, उनले भेउ पाएका छैनन्।

आफूलाई एउटा दुई वटा गीत चल्दैमा ४० वर्षदेखि गायनमा बलियो जग बनाएका ढकालसँग जुध्दा आफ्नै सिंह फुक्लिने पो हो की गिरीजी? सामाजिक सञ्जालमा सबैलाई गाली गर्दैमा महान बन्न गाह्रो छ नि हैन र? जे होस् रेसको घोडा बन्ने हो भने कर्म गरौँ, हैन भने हामीले भन्नु केही छैन।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर