नेभिगेसन मेनु

कोदालो प्रहारले एकको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-06-27 11:25

death-1

असार १२ गते । महोत्तरीको औरही नगरपालिका–४ कबिलासामा देवरको साङ्घातिक आक्रमणले भाउजूको ज्यान गएको छ । प्रहरीका अनुसार घर बनाउने विषयमा बुधबार साँझ साढे ५ बजेतिर विवाद चर्कँदा देवर रामजतन यादवले कोदालो प्रहार गर्दा ५० वर्षीया भाउजू रितादेवी यादवको मृत्यु भएको हो ।

कोदालोको धारले टाउकोमा गहिरो घाउ लागेपछि रितालाई प्रहरी सहयोगमा नजिकको अस्पतालमा लगिएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए ।

गाउँलेका अनुसार देवर–भाउजूबिच लामो समयदेखि चलेको जग्गा विवाद अदालतसम्म पुगेको थियो । रिताको श्रीमान् रामनारायणको दुई वर्ष अघि मृत्यु भैसकेको स्थानीयको भनाइ छ । 

घट्ना लगतै प्रहरीले देवर यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी सन्तुलाल जयसवारले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर