नेभिगेसन मेनु

मनाङमा विपद् सहायता कक्ष स्थापना
सम्पादक:南亚网络电视
समय:2024-06-26 15:34

Anaapurna

असार १२ गते । जोखिमयुक्त जिल्ला भनेर चिनिने मनाङमा विपद् प्रतिकार्यका लागि सहायता कक्षको स्थापना गरिएको छ । मनसुनजन्य विपद्को समयमा उद्धार र राहतलाई प्रभावकारी बनाउन जिल्लाको विभिन्न स्थानमा विपद् पाँचवटा सहायता कक्ष स्थापना गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी युवराज अर्यालको संयोजकत्वमा पाँच वटा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । ‘मनाङ बाढीपहिरोको जोखिमयुक्त क्षेत्र हो । यहाँ कुनै विपद् आउनासाथ उद्धार र राहत कार्यलाई प्रभावकारी तथा व्यवस्थित गर्ने भूमिका खेल्नेछ’, उहाँले भन्नुभयो, ‘जिल्ला विपद् सहायता कक्ष एक, चारवटा पालिकामा एक÷एक गरी पाँचवटा विपद् सहायता कक्ष स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी लामिछानेले जिल्लाका सम्पूर्ण कार्यालयलाई जनशक्ति, उपलब्ध स्रोतसाधन तथा सवारीसाधन विपद्को समयमा परिचालन गर्ने गरी पूर्वतयारी अवस्थामा राख्न निर्देश गरिएको बताउनुभयो । 

विसं २०७८ असार १ मा आएको बाढीपहिरोका कारण निजी आवास पूर्णरुपमा क्षति भएका लाभग्राहीलाई राहत उपलब्ध गराउने निर्णयसमेत भएको छ । मनसुनजन्य विपद्मा परी निजी आवास पूर्णरुपमा क्षति भएका नासोँ गाउँपालिका–३ निवासी डिमान सिंह गुरुङलाई निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि २०७७ बमोजिम अन्तिम किस्ताबापतको रकम १ लाख ७५ हजार रुपियाँ व्यक्तिगत खातामा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयनको तयारीमा छ । 

नासोँ गाउँपालिकाका सम्पूर्ण वडा, चामेका ३, ४, ५ वडा, मनाङ ङिस्याङका १, ४, ५ नम्बर वडामा विसं २०७८ जेठ १४ र असार १ मा भएको वर्षापछि आएको बाढी पहिराले क्षति पुर्‍यfएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर