नेभिगेसन मेनु

तनहुँमा जङ्गली च्याउ खादा पाँच जना बिरामी
सम्पादक:南亚网络电视
समय:2024-06-17 12:02

zxfbsdf

असार ३ गते । तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी  भएका छन् । आँबखैरेनी गाउँपालिका–६ हिले खर्कका बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारीले दिनुभयो ।  

सो ठाउँ निवासी वर्ष ५४ को डिल बहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ आफ्नो परिवार तथा छिमेकीले खाँदा बिरामी परेको उहाँले जानकारी दिनुभयो ।  प्रनाउ रायका अनुसार बिरामी भएकाहरू मध्ये नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा वर्ष ५४ को डिल बहादुर गुरुङ, वर्ष ५७ को मधु गुरुङको उपचार भइरहेको छ ।

यस्तै तनहुँको आबुखैरेनी अस्पतालमा  वर्ष ९२ को रणबहादुर गुरुङ, वर्ष ८५ की द्रोणपती गुरुङ र वर्ष ५८ की पम्फी गुरुङको उपचार भइरहेको छ । घर नजिकैको जङ्गलमा गएर ल्याएको च्याउ आइतबार खाँदा उनीहरू बिरामी भएका हुन् । डिलबहादुरले शनिवार जङ्गलबाट टिपेर च्याउन ल्याउनु भएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर