नेभिगेसन मेनु

पेस्तोलसहित मोक्तान पक्राउ
सम्पादक:南亚网络电视
समय:2024-06-25 11:57

ewrth

असार ११ गते । प्रहरीले सर्लाहीको चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, बोहोरेडाँडाबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय रामलाल मोक्तान रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा खटिएको लालबन्दी प्रहरीको टोली र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत खटिएको प्रहरी टोलीले मोक्तानलाई घरबाटै हतियारसहित नियन्त्रणमा लिएको हो । 

मोक्तानले आफ्नै घरमा लुकाइ राखेको एक थान पेस्तोलसहित पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले मोक्तानलाई सर्लाही जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । 

मोक्तानलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर