नेभिगेसन मेनु

जानकी नवमी मनाइने
सम्पादक:南亚网络电视
समय:2024-05-16 11:43

janaki-mandir

 जेठ ३ गते । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन आयोजना हुने जानकी नवमी अर्थात् जानकी प्रकाट्य जन्मोत्सव यस वर्ष पनि धूमधामका साथ मनाइने भएको छ ।

जानकी प्रकट भएको दिनलाई स्मरण गर्दै वैशाख शुक्ल नवमीका अर्थात् जानकी प्रकाट्य जन्मोत्सव धूमधामका साथ मनाउने गरिएको हो । सो अवसरमा जानकी मन्दिरका महन्थका उत्तराधिकारी रामरोशन दास वैष्णवले बुधबार जानकी मन्दिर प्रांगाणमा पत्रकार सम्मेलनको आयोजना गर्नुहुँदै वैशाख नवमीका दिन अर्थात् जेठ ४ गते जानकी प्रकाट्य जन्मोत्सवलाई हार्षोउल्लासका साथ मनाउन आग्रह समेत गर्नुभएको छ । 

जानकी मन्दिरका महन्थका उत्तराधिकारी दासले सम्पूर्ण सनातनीहरूमा जेठ ४ गते नवमीको दिन मनाइने जानकी प्रकाट्य उत्सव सहभागी भई हर्षोल्लासका साथ जानकी नवमी मनाउन आग्रह गर्नुभयो । दासले भन्नुभयो, “नवरात्रीको सातौँ दिनसम्म पनि विभिन्न कार्यक्रमहरूको आयोजना हुँदै आएको छ, नवौँ दिन अर्थात् जानकी नवमीका दिन विभिन्न धार्मिक अनुष्ठानका साथ जानकी प्रकाट्य जन्मोत्सव धूमधामका साथ मनाइने छ ।”  

यस अवसरमा जेठ ४ गते नौ दिनमा बिहान पाँच बजे दुधमतिमा शाही स्नान गरी दिनको १२ बजे आरती महोत्सव तथा जानकी जीको डोलासहित नगर परिक्रमा र सन्ध्या आरतीसहितका कार्यक्रम हुने हुँदा महन्थ दासले उक्त कार्यक्रममा सम्पूर्ण भक्तजनहरूलाई सहभागी हुन आग्रह समेत गर्नुभयो ।  

यसै अवसरमा अवसरमा मन्दिर प्राङ्गणमा रामलीला, रासलीला र मानस विभूषित नरहरि दासद्वारा राम कथाको समेत आयोजना गरिएको र प्रत्येक दिन बधाई तथा मङ्गल गानको समेत हुँदै आएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर