नेभिगेसन मेनु

भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँचको उद्धार
सम्पादक:南亚网络电视
समय:2026-08-26 16:19

 

 RN_Trishuli-Image2026-08-26at11.43.18(1)(1)

त्रिशूली (नुवाकोट), भदौ १० गते । भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको किनार सिमचउरमा दुई वटा र कोल्पुटारमा एक जनाको शव फेला परेको हो । शवको पहिचान भने भएको छैन । बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ ।

उनीहरूलाई  विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्‍याइएको छ । बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उहाँले जानकारी दिनुभयो । रासस 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर