नेभिगेसन मेनु

प्रिफ्याव नेपालको लगानी ७५ करोड पुर्‍याउने लक्ष्य
सम्पादक:南亚网络电视
समय:2026-08-17 15:26

 

 Image_20260817122947_52_7

काठमाडौं भदौ १ गते । आधुनिक निर्माण सामग्री उत्पादक प्रिफ्याव नेपाल (Prefab Panel Nepal Pvt. Ltd.) ले उत्पादन क्षमता र बजार विस्तारलाई तीव्रता दिएको छ। भरतपुर–८ मा उद्योग सञ्चालन गर्दै आएको कम्पनीले काठमाडौंको जडीबुटीमा कर्पोरेट कार्यालयसमेत सञ्चालनमा ल्याएको छ।

Image_20260817123116_54_7

करिब दुई वर्षअघि १० करोड रुपैयाँ लगानीबाट सुरु भएको कम्पनीमा हालसम्म २५ करोड रुपैयाँ लगानी भइसकेको छ। उत्पादन क्षमता बढाउन चीन र कोरियाबाट अत्याधुनिक मेसिनरी ल्याउने तयारी भइरहेको छ। थप २० करोड रुपैयाँ मेसिनरीमा लगानी गर्दै आगामी चरणमा कुल लगानी ७५ करोड रुपैयाँ पुर्‍याउने कम्पनीको लक्ष्य छ।

कम्पनीले ‘Smart Panel’ ब्रान्डअन्तर्गत Silicon Board, Cement Board, Netwire Board, Smart Bricks र Smart Blocks लगायतका निर्माण सामग्री उत्पादन गर्दै आएको छ। हालसम्म ५०० भन्दा बढी परियोजनामा काम गरिसकेको कम्पनीले विभिन्न क्षेत्रमा ६ वटा डिलरसमेत स्थापना गरेको जनाएको छ।

Image_20260817122958_53_7

कम्पनीका अध्यक्ष नारायण रेग्मीले स्वदेशमै गुणस्तरीय निर्माण सामग्री उत्पादन गरी आयात घटाउने र नेपाली उद्योगलाई थप प्रतिस्पर्धी बनाउने लक्ष्य रहेको बताए। “आधुनिक प्रविधि र उत्पादन क्षमता विस्तारसँगै ग्राहकलाई गुणस्तरीय सामग्री उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो,” रेग्मीले भने, “आगामी दिनमा रोजगारी सिर्जना गर्दै कम्पनीलाई थप व्यवस्थित र ठूलो औद्योगिक संस्थाका रूपमा विकास गर्ने योजना छ।”

कम्पनीले आगामी दिनमा EPS Board र PUF Board उत्पादन गर्ने तयारीसमेत गरेको छ। हाल करिब ३५ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको कम्पनीले आगामी दुई वर्षभित्र IPO जारी गर्ने लक्ष्य राखेको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर