नेभिगेसन मेनु

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु
सम्पादक:南亚网络电视
समय:2026-08-26 16:17

 

 cabinet

काठमाडौँ, भदौ १० गते । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।

भोटेकोशी बाढीका सम्बन्धमा उद्धार र राहतका लागि समन्वय गरी आवश्यक निर्देशन दिन प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेर अघि मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गर्नुभएको थियो ।

प्रधानमन्त्री शाहको अध्यक्षतामा यसअघि आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो । सो बैठकमा उहाँले नेपाली सेनाबाट उक्त बाढीका बारेमा आवश्यक ‘ब्रिफिङ’ लिनुभएको छ । 

त्यसलगत्तै उहाँले आगामी कदमबारे सरोकार भएकाहरूलाई उद्धार र राहतका काममा खट्न निर्देशन पनि दिनुभएको छ। रासस 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर