नेभिगेसन मेनु

त्रिशूली नदीमा बाढी आएपछि पृथ्वी राजमार्गको पूर्वी खण्ड बन्द
सम्पादक:南亚网络电视
समय:2026-08-26 16:16

 

 highway

तनहुँ, भदौ १० गते । भोटेकोसी नदी (रसुवा) मा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेपछि तनहुँमा समेत बाढीको उच्च जोखिम देखिएको छ । बाढीका कारण हुनसक्ने सम्भावित जोखिम र क्षतिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले अर्को सूचना जारी नभएसम्मका लागि पृथ्वी राजमार्गको पूर्वी खण्डमा यातायात सेवा पूर्ण रूपमा बन्द गरेको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकतामा राखेर राजमार्ग सञ्चालनमा रोक लगाइएको हो । 

प्रशासनले सम्पूर्ण यात्रु, सवारी चालक तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ । राजमार्ग बन्द भएसँगै पोखरा–काठमाडौँ आवत–जावत गर्ने तथा तनहुँ भएर चल्ने लामो तथा छोटो दूरीका सवारी साधनबिच बाटोमै रोकिएका छन् । 

प्रशासनले स्थिति सामान्य नभएसम्म यात्रा सुरु नगर्न र नदी किनार क्षेत्रमा नजान अनुरोध गरेको छ । बाढीको जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका दृष्टिले पृथ्वी राजमार्गको पूर्वी खण्ड (मुग्लिन–जामुने खण्डतर्फ) मा यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

त्रिशुली नदीले तनहुँको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका क्षेत्रमा प्रभाव पारेको र नदीसँग रहेको राजमार्ग समेत जोखिम परेकोले यातायात बन्द गरिएको प्रशासनले जनाएको छ । नदी क्षेत्रमा पानीको बहाव उच्च रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन र नदी किनार क्षेत्रमा नजान अनुरोध गरिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर