
काठमाडौँ, भदौ १० गते । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका कारण प्रभावित बनेका नागरिकका लागि नेपाल टेलिकमले निःशुल्क सेवा उपलब्ध गराएको छ । टेलिकमका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावितलाई दुई दिनका लागि प्रतिव्यक्ति प्रतिदिन ५० वटा एसएमएस र प्रतिदिन २ जिबी डेटा उपलब्ध गराइएको छ ।
साथै, एनसेलले पनि तीन दिनका लागि भ्वाइस, एसएमएस र डेटा नि:शुल्क गरेको जनाएको छ ।यसैगरी प्रभावितहरुको उद्धार, राहत र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धनसहित ट्यांकर काठमाडौँबाट परिचालन गरिएको छ ।


















