नेभिगेसन मेनु

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै
सम्पादक:南亚网络电视
समय:2026-08-20 11:47

 

 IMG_8293

काठमाडौँ, भदौ ४ गते । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ । परिसरको पुनर्निर्माण परम्परागत वास्तुशैलीमा भइरहेको छ । भद्रकाली काठमाडौँको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पुरानो मन्दिर हो । निर्माणमा नेवारी परम्परागत शैली अपनाइएको छ ।

वि.सं.२०७२ को भूकम्पबाट मन्दिर परिसरका संरचनामा क्षति पुगेको थियो । वि.सं.२०८१ असारदेखि परिसरको पुनर्निर्माण सुरु गरिएको हो । हाल मन्दिरसँगै आसपासका पाटी तथा सत्तलको पुनर्निर्माण तथा जीर्णोद्धार भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । पुनर्निर्माणका क्रममा मन्दिर परिसरमा रहेका पुराना संरचना, शिल्प तथा वास्तुशैलीको अभिलेखन गर्ने जिम्मेवारी पुरातत्व विभागले लिएको छ । 

मन्दिर परिसरको निर्माण तुल्सी–अम्बुजा जेभीले गर्दैछ । ३४ करोड ८० लाख ७१ हजारको लागतमा पुनर्निर्माणको जिम्मेवारी पाएको हो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना अन्तर्गत मुख्य मन्दिरका साथै पश्चिम, उत्तर र दक्षिणतर्फ रहेका पाटी तथा सत्तललगायत संरचनाको पुनर्निर्माण भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका सिभिल इन्जिनियर रवीन्द्र रिजालका अनुसार पुनर्निर्माणमा कुँदिएका बुट्टेदार ढोका, झ्याल तथा थाम प्रयोग गरिने छ भने छानोमा परम्परागत झिँगटी राखिने छ । उत्तरतर्फ भृकुटीमण्डप क्षेत्रमा दुई वटा ब्लक आपसमा जोडिने तथा दक्षिणतर्फ तीन वटा ब्लक निर्माण हुने छन् । निर्माण हुने सबै भवनको कुल क्षेत्रफल करिब ३९ हजार वर्गफिट रहने जनाइएको छ । 

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंङ्गोलले भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण महानगरपालिकाको पूर्वाधार विकासको काम मात्र नभई सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र निरन्तरतासँग जोडिएको महत्त्वपूर्ण कार्य भएको बताउनुभयो । पुनर्निर्माणलाई व्यवस्थित र सहजीकरण गर्न सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको संयोजकत्वमा मन्दिर पुनर्निर्माण सहजीकरण समिति गठन गरिएको छ ।

समितिमा वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी विकास आयोजनाका सदस्य बाबुराम भट्टराई, लुमधी भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्वअध्यक्ष गौतम डङ्गोल तथा पुरातत्व विभाग र गुठी संस्थानका प्रतिनिधि सदस्य रहेका छन् । समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन विभागकी विभागीय प्रमुख कुमारी राई रहनुभएको महानगरपालिकाले जनाएको छ ।

परम्परागत नेवारी वास्तुकला, काठमा कुँदिएका बुट्टा तथा मौलिक निर्माण शैलीलाई संरक्षण गर्दै पुनर्निर्माण भइरहेको भद्रकाली मन्दिर परिसरको काम सम्पन्न भएपछि काठमाडौँको महत्त्वपूर्ण ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर