नेभिगेसन मेनु

आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु
सम्पादक:南亚网络电视
समय:2026-07-14 12:24

 

 Mirtak-Bibek-Mandal

सर्लाही, असार ३० गते । चार दिनअघि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ।

मण्डलको मङ्गलबार बिहान २ बजे ललितपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो। ४२ वर्षीय मण्डलले गत शुक्रबार घर नजिकै आत्मदाहको प्रयास गर्नुभएको थियो।

उहाँलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत ललितपुरस्थित बर्न अस्पताल लगिएको थियो।सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले मण्डलको परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउनुको कारण भने खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर