नेभिगेसन मेनु

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सम्पादक:南亚网络电视
समय:2026-07-05 12:51

 

 Untitled-5

काठमाडौँ, असार २१ गते । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली गीतसङ्गीत र कलाकारहरु पनि प्रविधिमा पोख्त हुनुपर्नेमा प्राविधिकहरुले जोड दिएका छन्।

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्ले ‘सङ्गीत र प्रविधि’ शीर्षकमा शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा प्रशिक्षक राजेन्द्र अर्यालले गीतसङ्गीतको व्यापार, अडियो, भिडियो, टिकटक, फेसबुकलगायत ‘डिजिटल प्लेटफर्म’बाट कसरी धन आर्जन गर्न सकिन्छ भन्नेमा कलाकारहरू जानकार हुनुपर्ने बताउनुभयो ।

परिषद्का अध्यक्ष बमबहादुर कार्कीले प्रविधिविज्ञ र कलाकाहरूबीच हातेमालो हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कलाकारहरु खड्ग गर्बुजा, नरहरि प्रेमी, टीका पुन, रामकुमार कार्की, वैकुण्ठ महत, गोविन्दमधुर आचार्य, राजकुमार रायमाझी, ईश्वरी भुसाल (मादले दाइ), विष्णु खत्री,  सङ्गीतकार शशी शर्मा मजगैयालगायत सहभागी थिए । रासस

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर