
काठमाडौँ, असार २१ गते । पाल्पाबाट चालु आर्थिक वर्षमा छ वर्षयताकै सबैभन्दा बढी दालचिनी भारत निर्यात भएको छ ।
डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालु आवमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निर्यात भएको छ । यो परिमाण पछिल्ला छ वर्षकै उच्च रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार गत आव २०८१/८२ मा एक लाख २१ हजार १० किलो दालचिनी निर्यात भएको थियो । आव २०८०/८१ मा एक लाख ७६ हजार ६९७ किलो दालचिनी भारत निकासी भएको थियो । त्यसको तुलनामा चालु आवमा तीन गुणाले बढेको देखिन्छ । कार्यालयको तथ्याङ्क अनुसार चालु आवमा भने निर्यात उल्लेख्य रूपमा बढेर तीन लाख ४७ हजार ९६९ किलो पुगेको हो ।


















