नेभिगेसन मेनु

काठमाडौँमा चीन नेपाल अन्वेषण यात्रा पर्यटन अन्तर्राष्ट्रिय परियोजनाको शुभारम्भ
सम्पादक:南亚网络电视
समय:2026-06-30 12:53

 

 1

काठमाडौँ, असार १६ । चीन - नेपाल अन्वेषण यात्रा अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक - पर्यटन परियोजना आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक शुभारम्भ गरिएको छ।

कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, नेपाल पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, सिचाङ पर्यटन सांस्कृतिक उद्योग समूहका प्रतिनिधि ह्वाङ लेइ, काठमाडौंस्थित चिनियाँ राष्ट्रिय पर्यटन कार्यालयका निर्देशक लियु चानफिङ, हिमालय एयरलाइन्सका अध्यक्ष चोउ इनयोङ, पर्यटन व्यवसायी, वायुसेवा कम्पनीका प्रतिनिधि तथा नेपाल र चीनका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

9

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले 'चीन नेपाल अन्वेषण यात्रा' परियोजना केवल एउटा पर्यटन कार्यक्रम मात्र नभइ चीन नेपाल पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्याउने दिगो साझेदारीको महत्वपूर्ण सुरुवात रहेको बताए।

4

सिचाङ पर्यटन सांस्कृतिक उद्योग समूहका प्रतिनिधि ह्वाङ लेइले 'चीन - नेपाल अन्वेषण यात्रा' चीन र नेपालबीच दिगो सांस्कृतिक, आर्थिक तथा जनस्तरीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने स्वर्णिम पुल रहेको बताए।

微信图片_20260629125349_206_89

त्यसैगरी, हिमालय एयरलाइन्सका अध्यक्ष चोउ इनयोङले हिमालय एयरलाइन्स केवल एउटा विमान सेवा कम्पनी मात्र होइन, चीन र नेपालबीचको मित्रता, विश्वास र सहकार्यलाई जोड्ने हवाई पुल हो।" भन्दै यस परियोजनालाई सफल बनाउन हिमालय एयरलाइन्सले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

5

कार्यक्रमका वक्ताहरूले यस परियोजनाले नेपाल चीन पर्यटन सहकार्यलाई थप सुदृढ बनाउने, सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने तथा नेपालमा चिनियाँ पर्यटकको आगमन उल्लेखनीय रूपमा वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

साथै, झण्डा हस्तान्तरण समारोहमार्फत परियोजनाको औपचारिक शुभारम्भ गरिएको थियो।

आयोजकका अनुसार, यस परियोजनामार्फत नेपाल चीनबीच पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान, हवाई सम्पर्क विस्तार तथा दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर