नेभिगेसन मेनु

पहिचान र अस्तित्वको सङ्घर्ष: चलचित्र ‘पेड्डी’
सम्पादक:南亚网络电视
समय:2026-06-20 13:32

 

 peddiii

काठमाडौँ, असार ६ गते । दक्षिण भारतीय कलाकार राम चरण अभिनित चलचित्र ‘पेड्डी’ ले खेलकुद, सङ्घर्ष र सामाजिक सन्देशको कथालाई पर्दामा उतारेको छ । चलचित्रले एउटा यस्तो युवाको कथा उजागर गर्छ, जो राज्यको अभिलेखमा नसमेटिएको आफ्नो गाउँको पहिचान र सम्मानका लागि जस्तोसुकै चुनौती सामना गर्न तत्पर छ । क्रिकेटको मैदानदेखि कुस्तीको रिङसम्मको उनको यात्रा व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण गाउँको अस्तित्व र अधिकारको लडाइँसमेत हो ।

चलचित्रको कथा राम चरणको पात्र वरिपरि घुम्छ, जो ‘पहाडी तिहारी’ क्षेत्रमा कार्यरत एक प्रतिभाशाली क्रिकेट खेलाडी हुन् । उनको मुख्य पीडा आफ्नो गाउँ सरकारी दस्तावेज र योजनामा नसमेटिनु हो, जसका कारण गाउँलेहरू आधारभूत सुविधा र विकासबाट वञ्चित छन् । आफ्नो गाउँलाई सरकारी मान्यता दिलाउन र राज्यको मूलधारमा ल्याउन पेड्डीले कुस्तीको कठिन बाटो रोज्छन् । उनको सफलताले गाउँलाई जनमानस र सरकार दुवैसामु चिनाउन सकोस् भन्ने पवित्र उद्देश्य चलचित्रमा देखाइएको छ ।

अभिनयका दृष्टिले पेड्डीको भूमिकामा राम चरणले पुनः एक पटक प्रशंसनीय कार्य गरेका छन् । उनको पर्दामा उपस्थिति, भावनात्मक गहिराइ र द्वन्द्वको अवतारले दर्शकलाई आकर्षित गर्छ । अचियम्माको भूमिकामा जान्हवी कपूरले संवेदनशील र आत्मविश्वासका साथ प्रस्तुति दिए पनि उनको अभिनयले अपेक्षित प्रभाव भने छाड्न सकेको छैन । अनुभवी कलाकार शिव राजकुमारको प्रभावशाली अभिनयले कथालाई बलियो बनाएको छ ।

यस्तै, जगपति बाबु र दिव्येन्दु शर्माले आफ्नो भूमिकामा न्याय गरेका छन् । बोमन इरानीको परिपक्व अभिनय सधैँझैँ प्रभावकारी छ । अन्य सह–कलाकारको अभिनय पनि सन्तुलित छ । एआर रहमानको सङ्गीतले चलचित्रको भावलाई अझ सघन बनाएको छ, विशेष गरी ‘चिक्रि’ बोलको गीत र नृत्य आकर्षक छ । दक्षिण भारतीय चलचित्र भए पनि यसको हिन्दी डबिङमा निर्देशक बुची बाबु सानाले विशेष ध्यान दिएको देखिन्छ ।

निर्देशक सानाले चलचित्रलाई विशाल क्यानभासमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । उनले खेलकुद, मानवीय संवेदना र सामाजिक मुद्दाबीच सुन्दर सन्तुलन कायम गरेका छन् । यद्यपि, चलचित्रको पहिलो भागका केही दृश्यहरू अनावश्यक रूपमा लामा लाग्छन्, जसले कथाको गतिलाई केही सुस्त बनाएको महसुस हुन्छ । समग्रमा, सबल कलाकार, भावनात्मक क्षण र प्रेरणादायी कथाका कारण ‘पेड्डी’ दर्शकका लागि एक स्मरणीय चलचित्र बनेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर