नेभिगेसन मेनु

१९औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधन — सुशासन, समृद्धि र जनउत्तरदायी शासनमा जोड
सम्पादक:南亚网络电视
समय:2026-05-29 13:28

ScreenShot_2026-05-29_111123_411

एस ए टिभी, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको बलिदान, संघर्ष र त्यागबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताउँदै यसलाई अझ सुदृढ, प्रभावकारी र जनउत्तरदायी बनाउन सबै राजनीतिक शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ।

१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्र केवल शासन व्यवस्था मात्र नभई राजनीतिक, आर्थिक र सामाजिक जीवनपद्धति भएको उल्लेख गर्नुभयो। उहाँले गणतन्त्रले नागरिकलाई राजनीतिक अधिकार, स्वतन्त्रता र आत्मसम्मान प्रदान गरेको भन्दै यसले साझा राष्ट्र निर्माणको आधार तयार गरेको बताउनुभयो।

708312702_1461457352688489_1360308578655217560_n

“गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता दिएको छ। यसले विविधता बीचको एकता कायम गर्दै साझा भविष्य निर्माणतर्फ अघि बढ्ने अवसर प्रदान गरेको छ,” राष्ट्रपति पौडेलले भन्नुभयो।

उहाँले गणतन्त्रको मर्यादा जोगाउन राजनीतिक दल, सरकार र राज्यसंयन्त्रले आफ्नो आचरण, निष्ठा र कार्यशैलीमा सुधार ल्याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। लोकतान्त्रिक मूल्य, नैतिकता र सुशासनलाई व्यवहारमा लागू नगरे राजनीतिक परिवर्तनको उद्देश्य पूरा हुन नसक्ने उहाँको भनाइ थियो।

राष्ट्रपति पौडेलले मुलुकको विकासमा ढिलासुस्ती, अनियमितता र वेथितिलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै जनतामा निराशा फैलिन नदिन शासन प्रणाली परिणाममुखी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार नआएसम्म संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूर्ण रूपमा हासिल नहुने बताउनुभयो।

उहाँले कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै उपलब्ध स्रोत–साधनको उच्चतम उपयोग आवश्यक रहेको बताउनुभयो। साथै, सार्वजनिक सेवा प्रवाहमा सुधार, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासन प्रवर्द्धन सरकारका प्राथमिक कार्यसूची हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

राष्ट्रपति पौडेलले संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवाद नेपालको संविधानले आत्मसात् गरेको महत्वपूर्ण विशेषता भएको उल्लेख गर्दै नागरिक सर्वोच्चताको अभ्यासलाई अझ बलियो बनाउनुपर्ने बताउनुभयो। स्थानीय र प्रदेश सरकारमार्फत जनताको घरआँगनमै लोकतन्त्रको अभ्यास भइरहेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले गणतन्त्र स्थापनाका लागि विभिन्न आन्दोलन र संघर्षमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि योगदान पुर्‍याउने सबै आन्दोलनकारी, अग्रज नेता, राजनीतिक दल तथा नागरिक समाजप्रति सम्मान व्यक्त गर्नुभयो।

710745933_1327372752703981_1759592212593814509_n

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, उच्च सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर