नेभिगेसन मेनु

चालिस हजार टन मल ल्याउन खरिद प्रक्रिया सुरु
सम्पादक:南亚网络电视
समय:2026-05-20 12:42

 

 Krishi,-Ban-tath-Paryabaran-Mantralaya-press-meet_Bikash-Dware_00002

काठमाडौँ, जेठ ६ गते । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी धानबालीका लागि रासायनिक मलको आपूर्ति व्यवस्था सहज पार्न ४० हजार टन मल ल्याउन लागेको जनाएको छ । 

धानबालीमा मल अभाव हुन नदिन भारतबाट जिटुजीमार्फत पहिलो चरणमा २० हजार टन युरिया र २० हजार टन डिएपी मल ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । 

कृषि सामग्री कम्पनी लिमिटेडलाई ८० हजार टन मल ल्याउनका लागि हालै मन्त्रीपरिषद्ले स्वीकृति दिए पनि पहिलो चरणमा ४० हजार टन मात्र ल्याउन लागेको मन्त्रालयले जनाएको छ । सोही अनुसार जिटुजीमार्फत खरिद प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरेर एक लाख ५० हजार टन मल मौज्दात रहेको र ४० हजार टन जिटुजीबाट ल्याउने हुँदा आगामी साउनसम्मलाई मल पुग्ने जनाएको हो । 

कृषि सामग्री कम्पनी लिमिटेडले भारतको राष्ट्रिय केमिकल्स एन्ड फर्टिलाइजर्समार्फत उक्त मल ल्याउन लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले पश्चिम एसियाली मुलुकमा जारी युद्धका कारण मल आपूर्ति गर्न कठिन भएको जानकारी दिनुभयो । धानबालीका लागि अभाव नहोस् भनेर भारतबाट जिटुजीमार्फत जतिसक्दो छिट्टै मल ल्याउने प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । धानबालीका लागि दुई लाख ५० हजार टन मल आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो । 

यस वर्ष सबैभन्दा धेरै चार लाख ५८ हजार मेट्रिक टन रासायनिक मल बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो । मन्त्रालय अनुसार वार्षिक रूपमा बजारमा आठ लाख टन मल आवश्यक पर्छ । कुल मागमध्ये करिब ८० प्रतिशत खपत तराईका २२ देखि २५ जिल्लामा हुने गरेको छ । मधेश प्रदेशले मात्रै कुल अनुदानको मलको २९ प्रतिशत हिस्सा उपभोग गर्ने गरेको छ भने कर्णाली प्रदेशमा दुई प्रतिशतभन्दा कम प्रयोग रहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि तथा पश्चिम एसियामा जारी द्वन्द्वका कारण मल आपूर्तिमा चुनौती थपिएको मन्त्रालयले जनाएको छ । विशेष गरी ‘हर्मुज स्ट्रेट’ क्षेत्रमा देखिएको अवरोधले ढुवानी प्रक्रिया प्रभावित भएको मन्त्रालयले जनाएको छ ।  

सरकारले किसानलाई सहुलियतमा रासायनिक मल उपलब्ध गराउन ठुलो परिमाणमा अनुदान दिँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले लक्ष्य अनुसार खरिद गर्न नसकेको मन्त्रालयले जनाएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर