नेभिगेसन मेनु

पर्यटन क्षेत्रमा चिनियाँ भाषाको माग बढ्दै, नयाँ तालिम कार्यक्रम सुरु
सम्पादक:南亚网络电视
समय:2026-05-09 16:40

 

 IMG_8859

काठमाडौं, वैशाख २६ । नेपालका पर्यटन व्यवसायीहरूलाई लक्षित गर्दै चिनियाँ भाषा तालिम कार्यक्रम आगामी सोमबारदेखि सुरु हुने भएको छ। नेपाल पर्यटन बोर्डको सभाहलमा शुक्रबार आयोजित पत्रकार सम्मेलन तथा उद्घाटन समारोहमा आयोजकहरूले कार्यक्रमको औपचारिक घोषणा गरेका हुन्।

नेपाल–चीनबीचको पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन हुन लागेको उक्त कार्यक्रम नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास तथा नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा सञ्चालन हुनेछ।

छ महिनासम्म चल्ने तालिम कार्यक्रममा करिब ८० जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारी सहभागी हुने अपेक्षा गरिएको छ। कक्षा वैशाख २८ गते सोमबारदेखि दैनिक साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन्।

उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐर, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष हरिशचन्द्र साह तथा चिनियाँ सांस्कृतिक केन्द्रका प्रमुख लिउ चानपिङलगायतको उपस्थिति रहेको थियो।

IMG_8840

समारोहलाई सम्बोधन गर्दै पर्यटन मन्त्रालयका सचिव निरौलाले चिनियाँ भाषा तालिमले नेपाल–चीन सम्बन्धलाई अझ गहिरो बनाउने विश्वास व्यक्त गरे। उनले भाषा केवल सञ्चारको माध्यम मात्र नभई संस्कृति र जनताबीचको पुल भएको उल्लेख गर्दै चिनियाँ भाषाको ज्ञानले नेपाललाई विश्वकै ठूलो पर्यटन बजारमध्ये एक चीनसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

IMG_8835

चिनियाँ राजदूत चाङ माओमिङले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएको उल्लेख गर्दै नेपाल चिनियाँ पर्यटकहरूका लागि लोकप्रिय गन्तव्य बन्दै गएको बताए। उनले अप्रिल महिनामा मात्रै ११ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल आएको जानकारी दिए। काठमाडौं उपत्यकाका युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा, लुम्बिनी तथा हिमाली पदयात्रा मार्गहरू चिनियाँ पर्यटकका प्रमुख आकर्षण रहेको उनले बताए।

IMG_8803

नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह एेरले तालिम कार्यक्रमले नेपालको पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिको व्यावसायिक क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने बताए। उनले चीन नेपालका लागि महत्वपूर्ण पर्यटन साझेदार रहेको र चिनियाँ भाषाको सीपले पर्यटन सेवा तथा आतिथ्य क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सक्ने उल्लेख गरे।

IMG_8771

नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष हरिश्चन्द्र साहका अनुसार सन् २०१६ देखि सुरु भएको यस कार्यक्रममार्फत हालसम्म आठ संस्करणमा २८० भन्दा बढी पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम प्रदान गरिसकिएको छ।

तालिम अवधिभर सहभागीहरूले आधारभूत चिनियाँ भाषादेखि पर्यटक मार्गदर्शन, सञ्चार कला तथा व्यावहारिक प्रयोगसम्बन्धी प्रशिक्षण प्राप्त गर्नेछन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर