नेभिगेसन मेनु

तेलको मूल्य घट्दा अमेरिकी शेयर बजार सुधार
सम्पादक:南亚网络电视
समय:2026-05-07 15:40

 

 america_eco (1)

काठमाडौँ,  वैशाख २४ गते । मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने सङ्केत र प्रविधि कम्पनीको बलियो आम्दानी प्रतिवेदनले लगानीकर्ताको मनोबल बढाएपछि बजारमा उत्साह देखिएको हो । अमेरिकाको प्रमुख औद्योगिक शेयर सूचक ६१२ दशमलव ३४ अङ्कले बढेर ४९ हजार ९१० दशमलव ५९ बिन्दुमा पुगेको छ । 

त्यस्तै, व्यापक बजार सूचक १०५ दशमलव ९० अंकले बढेर ७ हजार ३६५ दशमलव १२ बिन्दुमा बन्द भयो भने प्रविधि केन्द्रित शेयर सूचक ५१२ दशमलव ८१ अंकले उकालो लाग्दै २५ हजार ८३८ दशमलव ९४ बिन्दुमा पुगेको छ । ११ प्रमुख क्षेत्रमध्ये ९ वटा क्षेत्रमा वृद्धि देखिएको थियो । औद्योगिक र प्रविधि क्षेत्र सबैभन्दा धेरै लाभमा रहेको छ । औद्योगिक क्षेत्र २ दशमलव ६० प्रतिशत र प्रविधि क्षेत्र २ दशमलव ५६ प्रतिशतले बढ्यो । ऊर्जा र सार्वजनिक सेवा क्षेत्र भने क्रमशः ४ दशमलव ०७ प्रतिशत र १ दशमलव ४५ प्रतिशतले घटेका छन् ।

अमेरिका र इरानबिच मध्यपूर्व युद्ध अन्त्य गर्न समझदारीतर्फ प्रगति भइरहेको समाचार सार्वजनिक भएपछि बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ । यसले तेलको मूल्य घटाएको छ भने लगानीकर्ताको विश्वास पनि बढाएको छ । यससँगै कम्पनीको अपेक्षाभन्दा राम्रो नाफा विवरणले पनि बजारलाई थप बलियो बनाएको छ । प्रतिवेदन सार्वजनिक गरेका प्रमुख कम्पनी मध्ये करिब ८५ प्रतिशतले अपेक्षाभन्दा बढी नाफा कमाएका छन् भने करिब ७७ प्रतिशत कम्पनीको आम्दानी अनुमानभन्दा राम्रो रहेको जनाइएको छ ।

प्रविधि क्षेत्रमा चिप निर्माता र उपकरण निर्माता कम्पनीको शेयर उल्लेखनीयरूपमा बढेका छन् । त्यस्तै, सवारी सेवा प्रदायक, स्वास्थ्य सेवा कम्पनी र मनोरञ्जन क्षेत्रका कम्पनीको शेयर पनि उल्लेखनीयरूपमा बढेका छन् । औषधि क्षेत्रका केही कम्पनीको शेयर बढ्दा फास्टफुड व्यवसायसँग सम्बन्धित कम्पनीको शेयर भने घटेको छ ।

अर्ध चालक डिजाइन कम्पनीको शेयर आम्दानी प्रतिवेदन सार्वजनिक हुनुअघि १३ दशमलव ६३ प्रतिशतले बढेको थियो । अब लगानीकर्ताले बिहीबार सार्वजनिक हुने रोजगारीसम्बन्धी नयाँ तथ्यांकलाई नजिकबाट हेरिरहेका छन् । रासस/सिन्ह्वा 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर