नेभिगेसन मेनु

‘लालीबजार’ को प्रदर्शनमा रोक
सम्पादक:南亚网络电视
समय:2026-04-30 12:48

 

 Lalibazar-Ladies

काठमाडौँ, वैशाख १७ गते । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले मङ्गलबार प्रदर्शन रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायत निकायका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले यही वैशाख २२ सम्म चलचित्र प्रदर्शन रोक्न आदेशमा भनेको छ ।

चलचित्रका कतिपय शब्दमा आपत्ति जनाउँदै बादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दिनुभएको थियो । वैशाख १४ गते दिएको उक्त रिटमा सुनुवाइ सकिएपछि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो । वैशाख २२ गते रिट निवेदक र विपक्षी निकायबिच संयुक्त इजलासमा दोहोरो छलफल हुने छ । त्यसपछि आज दिएको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने विषयको टुङ्गो लाग्ने छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर