
काठमाडौँ, वैशाख १६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीको पदबहालीपछि मन्त्रालय तथा मातहतका निकायबाट एक महिनामा भएका प्रमुख कार्यप्रगति सार्वजनिक गरेको छ । नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीलाई उच्च प्राथमिकतामा राखी नीतिगत सुधार, सेवा प्रवाह र प्रविधि विस्तारका काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, नयाँ निवेदनको हकमा यातायात व्यवस्था विभागबाट प्राप्त तथ्याङ्कको २४ घण्टाभित्र सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र छपाइ गरी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ । सम्झौताअनुसार १२ लाख थान लाइसेन्स छपाइ सम्पन्न भएको छ भने थप १७ लाख थान पुराना लाइसेन्स छपाइ असार मसान्तसम्म पूरा गर्ने गरी सम्झौता भएको छ ।
त्यस्तै ३० लाख थान हुलाक टिकट छपाइ गरी हुलाक सेवा विभागलाई हस्तान्तरण गरिएको छ ।





