नेभिगेसन मेनु

सरकारी सेवा डिजिटल बनाउन मन्त्रालयको कदम
सम्पादक:南亚网络电视
समय:2026-04-29 12:33

 

 sanchar-tatha-suchana-prabidhi-mantralaya-mocit-1024x683

काठमाडौँ, वैशाख १६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीको पदबहालीपछि मन्त्रालय तथा मातहतका निकायबाट एक महिनामा भएका प्रमुख कार्यप्रगति सार्वजनिक गरेको छ । नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीलाई उच्च प्राथमिकतामा राखी नीतिगत सुधार, सेवा प्रवाह र प्रविधि विस्तारका काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, नयाँ निवेदनको हकमा यातायात व्यवस्था विभागबाट प्राप्त तथ्याङ्कको २४ घण्टाभित्र सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र छपाइ गरी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ । सम्झौताअनुसार १२ लाख थान लाइसेन्स छपाइ सम्पन्न भएको छ भने थप १७ लाख थान पुराना लाइसेन्स छपाइ असार मसान्तसम्म पूरा गर्ने गरी सम्झौता भएको छ ।

त्यस्तै ३० लाख थान हुलाक टिकट छपाइ गरी हुलाक सेवा विभागलाई हस्तान्तरण गरिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर