नेभिगेसन मेनु

दिगो आर्थिक सुधारका लागि संरचनागत सुधार गर्न सुझाव
सम्पादक:南亚网络电视
समय:2026-04-28 12:47

 

 nrb_anniversary_sagar_SGR4954

काठमाडौँ, वैशाख १५ गते । वर्तमान आर्थिक सूचक सकारात्मक देखिए पनि वास्तविक क्षेत्र कमजोर रहेको अवस्थामा दिगो आर्थिक सुधारका लागि संरचनागत कदम चाल्नुपर्नेमा जोड दिएको छ । नेपाल राष्ट्र बैङ्क सोमबारदेखि ७१ औँ वर्षमा प्रवेश गरेका अवसरमा आयोजित समारोहमा पूर्वगभर्नर डा. युवराज खतिवडाले अर्थतन्त्रका बाह्य सूचक सामान्य देखिए पनि वास्तविक क्षेत्र कमजोर रहेको उल्लेख गर्नुभयो ।

“हाम्रो अर्थतन्त्र स्वस्थ भएर मोटाएको होइन, सुनिएर मोटाएको हो,” भन्दै उहाँले अर्थतन्त्र ‘लिक्विडिटी ट्र्याप’ नजिक पुगेको सङ्केत गर्नुभयो । कम ब्याजदर हुँदाहुँदै पनि कर्जा प्रवाह नबढ्नु यसकै प्रमाण भएको उहाँको भनाइ थियो ।

व्यावसायिक वातावरण कमजोर हुँदा लगानी विस्तार हुन नसकेको उल्लेख गर्दै मौद्रिक नीति मात्रैले समस्या समाधान नहुने चर्चा गर्दै उहाँले भन्नुभयो, “सानातिना फिजियोथेरापीले काम गर्दैन, अब सर्जरी नै गर्नुपर्ने अवस्था छ ।”

कर्जाको गुणस्तर र उत्पादक उपयोगमा सुधार आवश्यक रहेको औँल्याउँदै पूर्वगभर्नर खतिवडाले निर्देशित कर्जा कार्यक्रमको पुनरवलोकन गर्न सुझाव दिनुभयो । विपन्न वर्ग कर्जामा समेत विकृति देखिएको भन्दै वास्तविकलक्षित वर्गसम्म पुग्ने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । केन्द्रीय बैङ्कको स्वायत्तता केबल कानुनी प्रावधानमा सीमित नभई व्यावहारिक कार्यान्वयनमा पनि सुनिश्चित हुनुपर्ने उहाँले बताउनुभयो ।

अर्थ मन्त्रालय र राष्ट्र बैङ्कबिच सहकार्य आवश्यक भए पनि अनावश्यक द्वन्द्वले संस्थागत स्थिरता कमजोर पार्न सक्ने चेतावनी भन्दै उहाँले भन्नुभयो, “स्वायत्तता जवाफदेहितासहित हुनु पर्छ, नत्र अराजकता निम्तिन सक्छ ।”

गभर्नर प्राडा. विश्वनाथ पौडेलले मुलकुको समष्टिगत आर्थिक परिसूचकमध्ये मूल्य, बाह्य क्षेत्र र वित्तीय परिसूचक सन्तोषजनक रहेको बताउँदै उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यभित्रै रहेको र शोधनान्तर बचत थप सुदृढ हुँदै गएको बताउनुभयो । वित्तीय क्षेत्रमा निष्क्रिय कर्जाको अनुपात केही बढेको भए पनि आर्थिक गतिविधि थप चलायमान भएसँगै यसमा सुधार आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पु¥याउने नेपाल राष्ट्र बैङ्कको प्रतिबद्धता अटल रहेको भन्दै उहाँले सरल नियमन, प्रभावकारी सुपरिवेक्षण, नीतिगत सुधार तथा प्रविधिमैत्री वित्तीय प्रणालीमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याउने हाम्रो प्रयास निरन्तर रहने बताउनुभयो ।

अर्थतन्त्रमा विभिन्न आरोहअवरोहबिच वित्तीय स्थायित्व कायम रहेको भन्दै गभर्नर पौडेलले पछिल्लो समय पश्चिम एसियाको युद्धले समग्र अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावको नियमित अध्ययन गरी सजग रहन आवश्यक रहेको बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थालाई सबल र थप प्रतिस्पर्धी बनाउँदै वित्तीय सेवा र सोको लागत÷प्रतिफल निर्धारण समयानुकूल बनाउन एवं सरल नियमन र सुदृढ सुपरिवेक्षणमा जोड दिन राष्ट्र बैङ्क प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरवलोकन गर्न नियमनलाई अन्तर्राष्ट्रिय असल अभ्यास अनुरूप हुने गरी परिमार्जन गर्ने एवं बैङ्कको सुपरिवेक्षकीय क्षमता, पद्धति र प्रणालीमा सुधार गर्नेतर्फ जोड रहने गभर्नर पौडेलको भनाइ थियो ।

राष्ट्र बैङ्कका डेपुटी गभर्नर किरण पण्डितले नेपाली नोट निष्कासनको प्रबन्ध गर्न, नेपाली मुद्रा चलनचल्तीमा ल्याउने सुव्यवस्था मिलाउनु तथा नेपाली मुद्रा विनिमयदरमा स्थिरता कायम राख्न, विकासका निम्ति पुँजीलाई गतिशील बनाई राज्यको उद्योगधन्दालाई समेत प्रोत्साहन दिनु र नेपालमा बैङ्क प्रथाको विकास गराउन नेपाल राष्ट्र बैङ्क ऐन जारी गरी संस्था स्थापना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. खतिवडालाई सम्मान गरिएको थियो । यस्तै राष्ट्र बैङ्कमा २० वर्षभन्दा बढी सेवा प्रदान गर्ने कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर