नेभिगेसन मेनु

माछापालनमा भविष्य खोज्दै जुम्ली युवा
सम्पादक:南亚网络电视
समय:2026-04-18 13:35

 

 trout (1)

काठमाडौँ, वैशाख ५ गते । जुम्लाका युवा परम्परागत कृषि पेसासँगै नयाँ सम्भावनाको खोजीमा छन् । पछिल्लो समय जिल्लामा माछापालनतर्फ आकर्षण बढ्दै गएको छ । आत्मनिर्भर बन्ने लक्ष्यसहित केही युवाले व्यावसायिक माछापालन सुरु गरेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–१० का देवन्द्रराज गिरी र वडा नम्बर ६ का दिल्लीबहादुर रावल छ वर्षदेखि रेन्बो ट्राउट जातका माछापालनमा सक्रिय हुनुहुन्छ । उहाँहरूले २०७७ सालमा नुवाकोटबाट १५ हजार भुरा ल्याएर माछापालन सुरु गर्नुभएको थियो । त्यतिबेला प्रतिगोटा भुरा १९ रुपियाँमा खरिद गरिएको थियो । 

सुरुवाती वर्षमा अनुभव सङ्कलनमै समय बित्यो । दोस्रो वर्षदेखि भने केही माछा बेच्न सफल भएको गिरी बताउनुहुन्छ । अहिले उहाँहरूले डेढ क्विन्टल माछा पोखरीमा राख्नुभएको छ भने हालसम्म ९० हजारभन्दा बढी भुरा छोडिसक्नुभएको छ । परीक्षणकै चरणमा रहेकाले अपेक्षा अनुसार आम्दानी भने हुन नसकेको उहाँहरूको भनाइ छ । 

बजारमा रेन्बो ट्राउट माछा प्रतिकिलो करिब एक हजार आठ सय रुपियाँमा बिक्री हुने गरेको छ । उहाँहरूले भने प्रतिस्पर्धात्मक मूल्यमा प्रतिकिलो एक हजार तीन सय रुपियाँमा बिक्री गरिरहनुभएको छ । उहाँहरूले निर्माण गरेको एउटा ठुलो पोखरीमा पाँच वटा क्यानल छन्, जहाँ प्रत्येक क्यानलबाट करिब डेढ क्विन्टलसम्म उत्पादन हुने गरेको छ । 

गिरीका अनुसार सात वर्षअघि घरनजिकैको नाउलोमा परीक्षणका रूपमा माछा छाडिएको थियो । केही वर्ष राम्रोसँग हुर्किए पनि अत्यधिक चिसोका कारण हिउँ पर्दा सबै माछा मरे । त्यसपछि उहाँहरूले इन्टरनेटमार्फत रेन्बो ट्राउटबारे अध्ययन गरी चिसो हावापानी अनुकूल हुने भएकाले व्यावसायिक रूपमा पालन सुरु गर्नुभएको हो । 

हालसम्म माछापालन, भुरा खरिद, दाना व्यवस्थापन र संरचना निर्माणमा ५० लाख रुपियाँभन्दा बढी लगानी भइसकेको छ । भविष्यमा माछापालन स्थलमै होटेल सञ्चालन गर्ने योजनासमेत बनाइएको छ । जसका लागि १० वर्षका लागि जग्गा भाडामा लिइएको गिरीले जानकारी दिनुभयो । 

उत्पादित माछा खलङ्गा र आसपासका बजारमा खपत भइरहेको छ । राम्रो उत्पादन गर्न सकिएमा सुर्खेत, नेपालगन्ज, मुगु र कालीकोटसम्म बजार विस्तार गर्न सकिने रावलको भनाइ छ ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार कार्यालयमा माछापालनसम्बन्धी विशेषज्ञ जनशक्ति अभाव छ । प्राविधिक सहयोगको कमी भए पनि किसानबिच ज्ञान आदानप्रदान गर्दै काम अघि बढिरहेको उहाँले बताउनुभयो । जुम्लामा माछापालनको सम्भावना बढ्दो देखिएसँगै आवश्यक प्राविधिक सहयोग र बजार व्यवस्थापन भएमा यो क्षेत्रले रोजगारी र आम्दानी दुवैमा उल्लेखनीय योगदान पु¥याउने अपेक्षा गरिएको छ ।    

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर