नेभिगेसन मेनु

कालिका मन्दिरबाट ३७ लाख भेटी सङ्कलन
सम्पादक:南亚网络电视
समय:2026-04-01 15:31

 

 baglung-kalika-mandir

काठमाडौँ, चैत १८  गते । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठको रूपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा ३७ लाख रुपियाँ भेटी सङ्कलन भएको छ । 

कालिका मन्दिरमा यस पटकको चैते दसैँ (नवरात्रि)को अवसरमा ३७ लाख २५ हजार पाँच सय ५५ रुपियाँ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले बताउनुभयो । उहाँले यस वर्ष चैते दसैँको दिन  (अष्टमी) सबैभन्दा बढी भेटी सङ्कलन भएको बताउनुभयो । 

उक्त दिन १० लाख ४४ हजार ६ सय ५५ रुपियाँ सङ्कलन भएको छ । खड्काले गतवर्ष चैते दसैँको तुलनामा यस वर्ष पाँच लाख ३६ हजार ६ सय रुपियाँ कम भेटी सङ्कलन भएको बताउनुभयो । गत वर्षको चैते दसैँको अवसरमा मन्दिरमा ४२ लाख ६३ हजार एक सय ५५ रुपियाँ भेटी सङ्कलन भएको थियो । 

मन्दिर दर्शन गर्ने भक्तजनहरूले भेटी, नगद सहयोग लगायतबाट उक्त भेटी चढाएका हुन् । कालिका मन्दिरमा बडादसैँ र चैते दसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । यस वर्ष चैत्राष्टमीमा सात लाखभन्दा बढी दर्शनार्थीहरूले मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काले बताउनुभयो ।

अध्यक्ष खड्काका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते एक लाख १७ हजार ६६० रुपियाँ, ६ गते एक लाख ५३ हजार २५५ रुपियाँ, ७ गते चार लाख ३८ हजार ५६५ रुपियाँ, ८ गते एक लाख ७० हजार ११० रुपियाँ सङ्कलन भएको छ । 

यस्तै, ९ गते एक लाख ७१ हजार ७८५ रुपियाँ, १० गते चार लाख ९२ हजार ७ सय रुपियाँ र ११ गते ३ लाख ५२५ रुपियाँ सङ्कलन भएको छ । यस्तै चैते दसैँको मुख्य दिन चैत १२ गते १० लाख ४४ हजार ६५५ रुपियाँ, नवमी १३ गते चार लाख ८० हजार ५६५ रुपियाँ र दशमी १४ गते तीन लाख ५५ हजार ७३५ रुपियाँ सङ्कलन भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

कालिका मन्दिरमा महाष्टमी र महानवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने चलन छ । मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोसमेत बलि दिइन्छ । पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ ।

चैते दसैँमा भक्तजनलाई सहजरूपमा पूजाआजाका लागि तीन वटा लाइनको व्यवस्था गरिएको थियो । ‘मन्दिरमा अघिपछि एक वटा ढोकाबाट पूजा अर्चना गर्ने व्यवस्था हुन्छ’ उहाँले भन्नुभयो, ‘चैते दसैँमा भक्तजनको भिड हुने हुँदा तीन वटै ढोकाबाट पूजा गर्न खुला गरिएको थियो ।’ 

कालिका मन्दिर दर्शनको लागि काठमाडौँ, पोखरा, पर्वत, म्याग्दी, चितवनलगायत देशभरबाट भक्तजनहरू आएका थिए । पछिल्लो समय चैते दसैँको बेला १० देखि १५ प्रतिशत भारतीय भक्तजनहरू पनि वृद्धि भएको अध्यक्ष खड्काले बताउनुभयो । 

मन्दिर पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग १५९१ मा गरिदिएपछि छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुवासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास रहेको अध्यक्ष खड्काले बताउनुभयो ।

कालिका भगवती मन्दिरमा वर्षको दुई पटक चैते दसैँ र वडा दसैँमा दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ । मन्दिरमा माघ र साउन महिना बाहेक वर्षभरि नै दर्शनार्थीको चहलपहल हुने गर्दछ । मन्दिरमा प्रत्येक मङ्गलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीहरूमा भक्तजनहरूको बढी भिड लाग्ने अध्यक्ष खड्काले बताउनुभयो । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरूको भिड कम हुने गरेको अध्यक्ष खड्काको भनाइ छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर