नेभिगेसन मेनु

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सम्पादक:南亚网络电视
समय:2026-03-25 16:18

 

 _Aagolagi

काठमाडौँ,  चैत ११ गते । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम पार्लरमा लागेको आगो नियन्त्रणमा आएको छ । 

आज बिहान लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । उहाँका अनुसार क्याफेको भान्साबाट आगलागी सुरु भएको हो ।  आगो लाग्नासाथ सुरक्षाकर्मी र स्थानीय निभाउन खटिएका थिए । 

“आगलागीको कारण र यसबाट भएको क्षतिको विवरण यकिन भएको छैन”, उहाँले भन्नुभयो । आगो निभाउन धरान, रामधुनी, इनरुवा,  मोरङको विराटनगर र सुन्दरहरैंचाबाट बारुणयन्त्र (दमकल) मगाइएको थियो । बिहानको समयमा क्याफे बन्द रहेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक हमालले बताउनुभयो । रासस

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर