नेभिगेसन मेनु

मोरङमा ज्येष्ठ नागरिकद्वारा मतदान
सम्पादक:南亚网络电视
समय:2026-03-05 12:15

 

 3C171985-15E1-424E-BB4D-D6B6CB895869

काठमाडौँ, फागुन २१ गते । मोरङ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहीबार बिहानैदेखि जिल्लाभरका सबै मतदान केन्द्रमा मतदाताको उपस्थिति देखिएको छ ।

कोशी प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दङ्गालका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा तोकिएको समयमै मतदान प्रक्रिया सुरु भएको हो । “सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र आवश्यक सामग्री व्यवस्थापन भइसकेको छ, मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ,” उहाँले भन्नुभयो ।

मोरङ जिल्लामा प्रतिनिधिसभातर्फ ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । बिहानैदेखि महिला, ज्येष्ठ नागरिक र युवाहरू उत्साहपूर्वक मतदान केन्द्र पुगेका छन् ।

निर्वाचन कार्यालयले मतदातालाई लाइनमा व्यवस्थित रूपमा बस्न, परिचयपत्र साथमा ल्याउन र निर्वाचन आचारसंहिता पालना गर्न अनुरोध गरेको छ । मतदाता नामावलीमा नाम भएकाले आफ्नो परिचय खुल्ने पत्रका आधारमा मतदाताले मत प्रदान गर्न सक्ने छन् । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर