नेभिगेसन मेनु

जीवित देवी कुमारीलाई वसन्तपुरस्थित कुमारी घर ल्याइयो
सम्पादक:南亚网络电视
समय:2026-03-19 12:38

 

 kumari-ghar-ratoapti_Ss8GeScLWY

काठमाडौँ । जीवित देवी कुमारीलाई विशेष बाजागाजासहित वसन्तपुरस्थित कुमारी घर ल्याइएको छ ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीमा मनाइने घोडेजात्रामा जीवित देवी कुमारीलाई जात्रामा सहभागी गराएर फिर्ता ल्याउने चलनअनुसार आज (बुधबार) वसन्तपुर ल्याइएको हो ।

त्यस अवसरमा कुमारीघरबाट परम्परागत बाजागाजासहित कुमारीलाई जात्रा स्थलमा सवारी चलाइएको थियो । सोही क्रममा कुमारीको दर्शन गर्नेहरूको भीड लागेको थियो । सुन्धारास्थित नेपाल वायुसेवा निगमको भवनबाट कुमारीलाई जात्रा अवलोकन गराइएको कुमारी घरका प्रबन्धक गौतम शाक्यले जानकारी दिए । निगमको कार्यालयमा कुमारीलाई जात्रा अवलोकन गराउन एउटा विशेष कक्षको व्यवस्था गरिएको छ ।

टुँडिखेलको सैनिक मञ्च अगाडि भएको उक्त जात्रामा नेपाली सेनाले घोडा दौड तथा कला प्रदर्शन गरेको थियो 

कुमारीलाई तलेजु भवानीको प्रतीक र शक्तिको अवतार मानिएको छ । भूत–प्रेत भगाउने र सहरको रक्षा गर्ने विश्वास गरिएको जात्रामा कुमारीको सहभागितालाई सांस्कृतिक रूपमा अनिवार्य गरिएको छ ।

काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा जात्रा मनाइन्छ । विभिन्न समारोहमा राष्ट्रप्रमुखले समेत कुमारीलाई दर्शन भेट गर्ने परम्परा रहेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर