नेभिगेसन मेनु

तनहुँ जिल्लाको सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने
सम्पादक:南亚网络电视
समय:2026-01-09 11:43

 

 volleyball-tournament

तनहुँ पुस २५ गते । तनहुँको भिमादमा जिल्लाकै सबैभन्दा धेरै पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । भिमाद नगरपालिका–६ को आयोजनामा आगामी माघ १ देखि ५ गतेसम्म ‘फस्ट बेस्ट ब्वाइज भलि फेस्ट–२०८२’ सञ्चालन हुन लागेको हो ।

भिमादमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगिताको विजेताले तीन लाख एक हजार ९९ रुपियाँ प्राप्त गर्नेछन् । यसैगरी, द्वितीय हुने समूहले दुई लाख एक सय ९९ रुपियाँ र सान्त्वना स्थान प्राप्त गर्ने दुई समूहले जनही ५० हजार रुपियाँ पुरस्कार पाउने क्लबका अध्यक्ष संसार अन्जान सुवेदीले जानकारी दिनुभयो ।

विधागत पुरस्कार र सम्मान प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ । अध्यक्ष सुवेदीका अनुसार प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपियाँ प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपियाँका साथमा शिल्ड प्रदान गरिनेछ ।

राष्ट्रिय कलाकारहरूको प्रस्तुति खेलका साथै दर्शकको मनोरञ्जनका लागि राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । माघ १ गते समीक्षा अधिकारी र निश्चल दवाडी, २ गते प्रकाश दूतराज, ३ गते आश्मा विश्वकर्मा, अर्जुन सापकोटा र सविन राईको ब्यान्डको प्रस्तुति रहनेछ । यस्तै, माघ ४ गते बद्री पंगेनी र शान्तिरानी परियारले आफ्नो प्रस्तुति राख्ने कार्यक्रम तय भएको छ ।

सहभागी टोलीहरू प्रतियोगितामा देशका प्रतिष्ठित भलिबल टोलीहरूको सहभागिता रहनेछ । जसमा नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश भलिबल संघ पोखरा, मणिमुकुन्द भलिबल क्लब बुटवल, न्यु होराईजन स्पोट्र्स क्लब, घले हार्वेस्टिङ अस्ट्रेलिया (गोरखा) र न्युटन कलेज काठमाडौँ रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै भिमाद नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चतुर्भुज सुवेदीले यस खेलकुद महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न उद्योग वाणिज्य संघले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर