नेभिगेसन मेनु

गल्फमा साविक विजेता राहुलको अग्रता
सम्पादक:南亚网络电视
समय:2025-12-30 11:49

 

 oert

काठमाडौँ, पुस १५ गते । सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन साविक विजेता एमेच्योर राहुल विश्वकर्माले अग्रता लिनुभएको छ ।

पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा राहुलले ६ अन्डर ६६ खेल्दै शीर्षस्थानमा पाँच स्ट्रोकको अग्रतामा बनाउनुभएको हो ।

दोस्रो स्थानमा रहन सफल प्रो जयराम श्रेष्ठको एक अन्डर ७१ स्कोर छ । अर्का एमेच्योर साम डौबलार्ड इभनपार ७२ स्कोरसहित तेस्रो स्थानमा रहनुभएको छ । 

कूल ७२ होलको चारदिने प्रतियोगितमा ३७ प्रोफेसनल र २६ एमेच्योर गरी ६३ खेलाडीको सहभागिता रहेको छ । ३६ होलपछि मङ्गलबार थप ३६ होलको फाइनल चरणका लागि १८ प्रोफेसनल र एमेच्योर खेलाडीले कट बनाउनेछन्। 

सिजनको पहिलो यस प्रतियोगिताको विजेताले एक लाख ७० हजार, उपविजेताले एक लाख २५ हजार र तेस्रो हुनेले एक लाख रुपियाँ पुरस्कार पाउनेछ । शीर्ष १८ मा रहने प्रोलेसमेत नगद पुरस्कार पाउनेछन् । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर