नेभिगेसन मेनु

गुलर्या माघ सांस्कृतिक महोत्सवको तयारी तीव्र
सम्पादक:南亚网络电视
समय:2025-12-31 12:21

 

 tharu

दाङ, पुस १६ गते । गुलर्या माघ सांस्कृतिक महोत्सवको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ ।“एकता, विकास र आत्मनिर्भरताको लागि सांस्कृतिक अभियान” भन्ने मूल नाराका साथ यही पुस २७ गते घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित शहिल नेत्रलाल पार्कमा आयोजना हुन लागेको महोत्सवलाई भव्य र सभ्य बनाउन प्रचारप्रसारलाई तीव्रता दिइएको महोत्सव मूल आयोजक समितिका संयोजक अशोक कुमार चौधरीले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार अहिलेसम्म हालसम्म महोत्सवको करिब ७० प्रतिशत तयारी सम्पन्न भइसकेको छ । अहिले गाउँ–गाउँमा प्रचारप्रसार, नाच दर्ता, आर्थिक संकलन लगायतका कामहरू तीव्र रूपमा भइरहेको उहाँले जानकारी दिनुभयो ।

गुलरिया टोल विकास संस्थाको मुख्य आयोजनामा तथा सौरा बगालको सहआयोजनामा हुन लागेको उक्त महोत्सव थारु समुदायको मौलिक संस्कृति, भाषा, साहित्य र खानपानको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

महोत्सवमा गाउँ–गाउँबाट आएका विभिन्न समूहद्वारा मघौटा नाचको आकर्षक प्रदर्शन गरिनेछ । साथै थारु मौलिक गीतको वाचन तथा प्रस्तुति, थारु भाषाका साहित्यिक रचनाहरूको वाचन कार्यक्रमसमेत समावेश गरिने आयोजकले जनाएको छ ।

यसैगरी, महोत्सवमा थारु समुदायका परम्परागत तथा मौलिक परिकारहरू—ढिक्री, अनडीको रोटी, अनडीको भात, घोंघी, माछा, गंगटा, माछा, मुसाको मासु, सुंगुरको पक्वा लगायतका परिकारहरूको बिक्री, वितरण तथा प्रदर्शनीका लागि विशेष स्टलहरू राखिने संयोजक चौधरीले बताउनुभयो । यसका साथै थारु भाषा, साहित्य, इतिहास र संस्कृतिसँग सम्बन्धित विभिन्न पुस्तकहरूको बिक्री तथा वितरणका लागि पनि छुट्टै स्टलको व्यवस्था गरिनेछ ।

महोत्सवमा थारु हस्तकलाका सामग्रीहरू समेत प्रदर्शनी तथा बिक्रीका लागि राखिने तयारी भइरहेको आयोजक समितिले जनाएको छ ।

यसले स्थानीय कलाकार, किसान तथा उद्यमीहरूलाई आफ्नो उत्पादन प्रदर्शन र बजारीकरण गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ । महोत्सवले थारु समुदायको पहिचान जोगाउनुका साथै आपसी सद्भाव र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर